फुटबलको सिजनको पहिलो प्रतियोगिताको रुपमा असोज १ गते देखि सी डिभिजन लिगको छनोट सुरु हुनेछ । असोज ३० गते सम्म चल्ने छनोटमा सहभागि टिमको आधारमा आयोजना स्थल तोकिने एन्फाले जनाएको छ । त्यसअघि भदौ २१ देखि असोज ३ गते सम्म काठमाडौमा छैटौं साफ महिला च्याम्पियनसिप आयोजना हुने छ ।
साफ च्याम्पियनसिप सकिएपछि राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेलहरु विराटनगरमा गर्ने एन्फा कार्यसमिति बैठकले निर्णय गरेको छ । असोज ३ गते साफ च्याम्पियनसिप सकिने छ । असोजकै २३ गतेदेखि नेपाल सुपर लिगका लागि मिति उपलब्ध गराउने पनि एन्फाले निर्णय गरेको छ । एन्फाले यही समयमा महिला लिगको खेल गर्ने जनाएको छ ।
Comments are closed.