धनगढीको एक सुनचाँदी पसलमा चोरी

महेन्द्रनगर । कैलालीको एक सुनचादी पसलमा चोरी भएकोक छ । गएराति धनगढीको एलएन चोकमा रहेको राजश्री सुनचाँदी गहना पसलमा चोरी भएको हो।
प्रहरीका अनुसार पसलबाट चोरले सुनचाँदीका गरगहना लगेको छ। सीसीटीभी फुटेजबाट राति २ बजेर ५९ मिनेटमा सटरको ताला फुटाएर चोर पसलभित्र प्रवेश गरेको खुलेको छ। अहिले प्रहरीले उक्त सीसीटीभी फुटेज विश्लेषण गरिरहेको छ। पसलबाट करीब सवा एक लाख बराबरको चोरी भएको दाबी गरिएको छ।

सम्बन्धित

Comments are closed.