पूर्व ए.आई.जि बिष्टकोे अध्यक्षतामा मन्दिर निर्माण समिति गठन

महेन्द्रनगर । भिमदत्त नगरपालिका १६ रत्नटोलमा मन्दिर निर्माणका लागि समिति गठन गरिएको छ । वडा न १६ का अध्यक्ष केशव सिह बिष्टको अध्यक्षतामा भएको भेलाबाट १३ सदस्यीय मन्दिर निर्माण समिति गठन भएको हो ।
समितिका सह सचिव एवम् मझगाउ बिमानस्थल पुनः संचालन समितका सचिव ‘हाम्रो शुक्लाफाँटा राम्रो शुक्लाफाँटा’ अभियन्ता राजेन्द्र बहादुर चन्दका अनुसार समितिको अध्यक्षमा दिपेन्द्र बहादुर बिष्ट , उपाध्यक्ष गणेश बहादुर चन्द ,सचिव रमेश बहादुर चन्द , सहसचिव राजेन्द्र बहादुर चन्द ,कोषाध्यक्ष जनक प्रशाद जोशि,सहकोषाध्षक्ष जगदीश जोशि रहनुभएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी, सदस्यमा दामोदर अवस्थि। रामचन्द्र चटौत, रामचन्द्र धानुक, मुन्सि डगौरा, काशिराम नेगि, चक्र बहादुर नेगि, र सरिता पार्कि रहनु भएको छ । यस्तै गरि समितिको पहिलो बैठकले ३ सदस्यीय बिधान निर्माण समितिको चयन पनि गरेको छ । संयोजक दामोदर अवस्थि सदस्यमा जगदीश जोशि र काशिराम नेगि ले जिम्मेवारी पाउनु भएको छ । मन्दिर निर्माणका लागि आवश्यक जग्गा भिनपा १६ निवासि समाजसेवी द्वय ब्यक्तित्व नेपालि सेनाका सेवानिबृत जर्नेल श्री शमशेर ठकुराठि र नेपाल प्रहरि बाट सेवानिबृत ए आई जि श्री दिपेन्द्र बहादुर बिष्टले उपलब्ध गराउने प्रतिबद्धता गर्नु भएको छ ।

सम्बन्धित

Comments are closed.