महेन्द्रनगर । डडेल्धुरामा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । अमरगढी नगरपालिका–१ मालममा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। शनिबार एक कार्यक्रमकाबीच वडा नम्बर १ का वडाध्यक्ष लोकबहादुर ऐरले प्रतियोगिताको उद्घाटन गरेका हुन्। बसन्तपुर युवा क्लब मालमले आयोजना गरेको प्रतियोगितामा अमरगढी नगरपालिकाभित्रका १० टिमको सहभागिता रहेको छ। प्रतियोगितामा पहिलो हुने टिमलाई नगद २० हजार, द्धितीयलाई १२ हजार र तृतीय हुने टिमलाई ७ हजार रुयैयाँ पुरस्कारको व्यवस्था गरिएको क्लबका कार्यबहाक अध्यक्ष सुरत तमोलीले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा टिम दर्ता शुल्क २ हजार राखिएको थियो। यसका साथै पुरस्कार राशिमा कुनै कर नलाग्ने उनले बताए। प्रतियोगिता आइतबारसम्म चल्नेछ। प्रतियोगिताका खेलहरू लटेश्वर आधारभूत विद्यालय मालमको प्राङ्गणमा भइरहेका छन्।
शुक्लाफाँटा खबर
6897 posts
सम्बन्धित
Comments are closed.