महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा अपाङगता भएका परिवारका सदस्यहरुलाई ३ महिने सिलाईकटाई तालिमको आईतवारबाट सुरुवात गरिएको छ । नगरपालिकाको वडा नम्वर ७ को सिमलफाँटामा रहेका १० जना अपाङगता परिवारका सदस्यहरुलाईतिन महिने सिलाई कटाई तालिमको आज सुभारम्भ गरिएको कार्यक्रमका बिशिष्ट अतिथी रहेका तथा राष्टिय अपाङ महासंघ नेपाल सुदूरपश्चिम कार्य समितीका निवर्तमान अध्यक्ष उपेन्द्र खडायतले जानकारी दिएका छन् ।
सुदूरपश्चिम समावेशी अपाङगता संघको आयोजनामा तथा एबिलिस फाउन्डेसनको आर्थिक सहयोगमा उक्त तालिमको आयोजना गरिएको उनले बताए । सिप सिकेर आफनो लगायत परिवारको आर्थिक उन्नती गर्न तथा जिविकोपार्जनमा टेवा पुगाउनको लागी तालिमको आयोजना गरिएको कार्यक्रमका सभापति तथा सुदूरपश्चिम समावेशी अपाङगता संघका कोषाध्यक्ष पार्वती कुमारी बिष्टले बताईन् ।
यस्तै कार्यक्रमको प्रमुख अतिथी रहेका शुक्लाफाँटा नगरपालिका वडा नम्वर ७ का अध्यक्ष प्रतापसिंह धामीले अहलिे आफनो वडामा यसरी अपाङगता भएका व्यक्तीहरुलाई तालिमको आयोजना गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गरेका छन् । साथै आफुले पनि आगामी दिनहरुमा अन्य तालिम तथा अन्य सहयोगका लगीसदैवतत्पर रहेको बताए ।
Comments are closed.