पूर्वसञ्चार तथा सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाको नवनिर्मित घर नजिकै बम विस्फोट भएको छ ।
मध्यपुरथिमि नगरपालिका १ को लोकन्थलीको मनोहरा फाँटमा रहेको बास्कोटाको घरमा बुधबार बिहान साढे ७ बजेतिर प्रेसर कुकर बम विस्फोट भएको हो ।
बम विस्फोटबाट बास्कोटाको घरको पर्खाल, घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक (डीएसपी) शान्तिराज कोईरालाले जानकारी दिनुभयो ।
बम बिस्फोटबाट बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा पनि क्षति पुगेको उहाँले जानकारी दिनुभयो । पूर्वमन्त्री बास्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरको सिसा समेत फुटेको छ ।
बम कसले विस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको डीएसपी कोईरालाले जानकारी दिनुभयो ।
पूर्वमन्त्री बास्कोटा मन्त्री भएदेखि नै भक्तपुरको बालकोटमा रहेकाे प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आउनुभएको छ ।
Comments are closed.