महेन्द्रनगर । इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सात विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् । आतङ्ककारी हमलामा दश नेपाली विद्यार्थी मारिएका छन् । इजरायलमा ज्यान गुमाउनेमध्ये धेरै सुदूरपश्चिमका छन् ।
सिक्दै कमाउन एक महिनाअघि इजरायल गएका दार्चुला, बझाङ, डोटी र कैलाली जिल्लाका सात विद्यार्थीले इजरायलमा ज्यान गुमाएका हुन् । राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालले इजरायल र हमासको युद्धमा परी ज्यान गुमाएका नेपाली प्रती हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक मन्तव्य कार्यक्रम सम्पन्न गरेको छ ।
जेष्ठ नागरिक संरक्षण युवा समुहको मंगलवार बसेको मासिक वैठकमा सहभागी भएका जेष्ठ नागरिकहरु र समुहका सदस्यहरुले शोक मन्तव्य व्यक्त गरेका थिए । राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालका केन्द्रिय उपाध्यक्ष गंगाराम गिरीले हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन आवश्यक समन्वय र सहजीकरण गरिदिन उनले सरकार संग आग्रह गरेका छन् ।
उनले मृतक विद्यार्थीहरुको आत्मालाई शान्ती मिलोस भन्दै हार्दिक श्रद्धान्जली व्यक्त गरे, यो पिडाको समयमा राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालले आफनो आफन्त गुमाएको महसुस गरेको उनले बताए । साथै सरकारले घाईतेहरुको उपचारमा कुनै पनि लापरवाही नगरी उच्च स्तरको उपचारको व्यवस्था गर्न र बेपत्ता भनिएका र नेपाल आउन चाहने विद्यार्थीहरुलाई यथासिघ्र उद्धार गरेर स्वदेशमा ल्याउने व्यवस्था गर्न उनले आग्रह गरे,
यस्तै, राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल भीमदत्त नगर कमिटी अध्यक्ष जयानन्द बडुले सुदूरपश्चिम विश्वविद्यालय, कृषिविज्ञान सङ्कायवाट इजरायल सरकारको कार्यक्रमअन्तर्गत इजरायलमा अध्ययनका लागि गएका १० जना विद्यार्थीहरूको मृत्युको खबरले मर्माहित बनाएको बताए । यस दुःखद घडीमा दिवङ्गत विद्यार्थीहरूको आत्माको चिरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।’
उनले भने, दक्षिण इजरायलको किवज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० (दस) जना विद्यार्थीहरूको दुःखद निधन भएको छ । साथै उक्त कार्याक्रम मृतकहरुको चिर शान्तीको कामना गर्दै एक मिनेट मौन धारणा पनि गरिएको थियो ।तीन दिनदेखि संसारको ध्यान इजरायल र हमासको युद्धमा छ । गाजा नजिकै प्रशिक्षणमा रहेका १७ नेपालीमध्ये एक जना बेपत्ता छन्
भने चार जना घाइतेको उपचार भइरहेको छ । अरू दुई जना भने सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत सुदुरपश्चिम विश्वविद्यालयबाट एक महिनाअघि ११ महिनाका लागि इजरायल पुगेका विद्यार्थीको मृत्यु भएपछि परिवार शोकमा डुबेका छन् ।
Comments are closed.