महिलाहरूलाई वकालत तथा पैरवी योजना निर्माणसम्बन्धी कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा निड्स नेपालले महिलाहरूलाई वकालत तथा पैरवी योजना निर्माणसम्बन्धी एकदिने कार्यक्रम सम्पन्न गरेको छ। महिला शसक्तिकरण कार्यक्रम अन्तरगत भीमदत्त नगरपालिका–११ मा रहेको बरेली महिला सशक्तीकरण केन्द्रमा आयोजित कार्यक्रममा केन्द्रमा आबद्ध ३० जना महिलाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा महिलाहरूले आफ्ना समस्या, आवश्यकता तथा अधिकारका विषयमा प्रभावकारी रूपमा आवाज उठाउन सक्ने गरी वकालत तथा पैरवी योजना निर्माण गर्ने विषयमा जानकारी तथा सीप प्रदान गरिएको थियो। महिलाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्दै स्थानीय तहमा आफ्ना सवाल तथा समस्याहरूलाई प्रभावकारी रूपमा उठान गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रमका अनुगमन तथा मुल्याङकन अधिकृत पुष्पा जोशीले जानकारी दिनु भयो ।

“महिलाहरूले आफ्ना समस्या आफैं पहिचान गरी त्यसको समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी रूपमा पैरवी गर्न सक्ने बनाउन कार्यक्रम आयोजना गरिएको हो।” उहाँले भन्नुभयो, साथै उहााहरको समस्या समुदायको महिलाहरुको समस्याहरुलाइृ छलफल गरेर पैरवी योजना पनि निर्माण गरिने बताउनु भयो ।

साथे उहााहरुले आफनो योजना बनाएर जनप्रतिनिधीहरुसंग पनि छलफल गरेर पैरवी गर्ने बताउनु भयो । त्यस्तै, कार्यक्रममा सहभागी भीमदत्त नगरपालिका ११ बरेली महिला शसक्तिकरणकी उपसंयोजक जानकी पुन मगरले कार्यक्रमबाट आफ्ना अधिकार र समस्या समाधानका लागि सम्बन्धित निकायसँग कसरी पहल गर्ने भन्ने विषयमा महत्वपूर्ण जानकारी प्राप्त भएको बताउनु भयो ।

महिलाहरूले आफूले समुदायमा भोग्दै आएका समस्या पहिचान गरी त्यसको समाधानका लागि सम्बन्धित निकायसँग कसरी पैरवी गर्ने भन्ने विषयमा समेत छलफल गरेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.