दैजीमा साप्ताहिक ज्ञान महायज्ञ शुभारम्भ

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–३, दैजीस्थित शिव शंकर मन्दिर संरक्षण तथा संवर्द्धन समितिको आयोजनामा साप्ताहिक ज्ञान महायज्ञ एवं श्रृङ्गारिक महाआरती–२०८३ शुभारम्भ भएको छ।महायज्ञको उद्घाटनसँगै वेदकोट तालबाट पवित्र जल ल्याई विधिपूर्वक कलश यात्रा समेत सम्पन्न गरिएको छ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको कलश यात्रामा स्थानीय श्रद्धालु भक्तजनको सहभागिता रहेको संयोजक राकेश चन्दले जाानकारी दिनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा श्री १००८ गुरु हरि प्रपन्नाचार्य तथा प्रमुख कथावाचकका रूपमा आचार्य पण्डित श्री हरि प्रसाद भट्ट रहनुभएको थियो।

श्रावण ३१ गतेसम्म सञ्चालन हुने महायज्ञमा धार्मिक कथा प्रवचन, पूजा–आराधना तथा श्रृङ्गारिक महाआरतीलगायतका कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।

महायज्ञमा सहभागी भई धार्मिक लाभ तथा पुण्य प्राप्त गर्न आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनमा अनुरोध गरेको छ।

सम्बन्धित

Comments are closed.