महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश स्तरिय पुरुष ह्विलचियर बास्केट बल प्रतियोगितामा कञ्चनपुर विजयी भएको छ । शारिरिक अपाङ्गता खेलकुद प्रर्बद्धन समाजको आयोजनामा शुक्रबारदेखि भीमदत्त नगरपालिका ६ महेन्द्रनगरको अमिटी कलेजको प्राङगणमा सुदूरपश्चिम प्रदेश स्तरिय पुरुष २ दिने ह्विलचियर बास्केट प्रतियोगिता शुरु भएको थियो ।

उक्त खेलमा कञ्चनपुर, धनगढी र टिकापुरको टिमको सहभागिता रहेको थियो । यस्तै, दोस्रो हुनेमा धनगढी रहेको छ भने, तेस्रो स्थान टिकापुरले पाएको छ । शनिवार प्रथम हुने कञ्चनपुरको टिमलाई नगद १५ हजार मेडल प्रमाणपत्र र ट्रफी वितरण गरिएको छ । यस्तै दोस्रो हुने कैलाली टिमलाई नगद १० हजार मेडल प्रमाणपत्र र ट्रफी वितरण तेस्रो हुने टिकापुरलाई नगद ५ हजार मेडल प्रमाणपत्र र ट्रफी वितरण गरिएको शरिरिक अपाङगता खेलकुद प्रवर्धन समाज कञ्चनपुरको अध्यक्ष एवम ह्विल चियर बास्केट बलको प्रदेश कोच योगेन्द्र बहादुर खडकाले जानकारी दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी रहेका भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले प्रतियोगिताबाट अपाङ्गता भएका व्यक्तित्वहरुका लागि उत्साह रहेको बताए । आगामी दिनमा अपाङ्गता भएका व्यक्तिको खेलकुद विकासमा सहयोग गर्ने बताए । यो खेलकुद हेर्दा यहाँ अन्तराष्ट्रिय स्तरमा पनि खेल खेल्न सक्ने क्षमता रहेका खेलाडी आफुल ेदेखेको बताए । साथै आगामी दिनहरुमा पालिकाले गर्ने सहयोगमा सदैव तैयार रहने बताए ।
यस्तै बिशिष्ट अतिथी नगर उपप्रमुख निलम लेखकले पालिकाले अपाङ्गता भएका खेलाडीको बृद्धि विकासका योजना संचालनमा ल्याउने बताईन् । साथै यो ह्विलचियरमा खेल खेल्न समस्या भएको आफुले महसुस गर्दा सबै पालिकालाई जानकारी दिई समन्वयको वैठकमा आफुले समस्याको समाधानका लागी छलफल गर्ने बताईन् ।
एनएनएस डब्लुएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले अपाङगता भएका व्यक्तीहरुले जे पनि गर्न सक्छन भन्ने ज्ञान दिनका लागी यो कार्यक्रमबाट सिक्नुपर्ने बताए । साथै यो खेलले स्वास्थ्य संगै देश विदेशमा पनि आफनो क्षमता देशको नाम चिनाउन सक्ने माध्यम रहेको बताए ।
शारिरिक अपाङ्गता खेलकुद प्रर्बद्धन समाजका अध्यक्ष योगेन्द्र बहादुर खडकाले दोधाराचाँदनी,भीमदत्त सहितका स्थानीय तह र सघ संस्थाको सहयोगमा प्रतियोगिता संचालन भईरहेको बताए । शारिरिक अपाङ्गता खेलकुद प्रर्बद्धन समाजका सल्लाहकार उपेन्द्र खडायतले राज्यले अपाङ्गता व्यक्तिको खेलकुद विकासमा सहयोग गर्न नसकेको दुख व्यक्त गरे ।
Comments are closed.