विदेश जान सुदूरपश्चिमबाट १० हजारले लिए श्रमस्वीकृति

महेन्द्रनगर । विदेश जान सुदूरपश्चिमबाट १० हजारभन्दा बढीले श्रमस्वीकृति लिएका छन्। सुदूरपश्चिमबाट विदेश जानेको संख्या वर्षेनि बढ्दो छ। पछिल्लो समय वैदेशिक रोजगारीमा जानेमा पुरुषसँगै महिलाको संख्या पनि बढ्न थालेको छ। साथै वैदेशिक रोजगारमा जान पुनः श्रम स्वीकृति लिनेको संख्या पनि बढ्न थालेको छ।

यहाँबाट धेरै संख्यामा जाने तीन देशसहित मलेसिया, ओमन, बहराइन, रोमानिया, जोर्डन, जापान, कोरिया, पोल्यान्ड, कंगो, माल्दिभ्स, इन्डोनेसिया, इजरायल र माल्टा छन्। यसका साथै यूएई, कतार, साउदी र माल्टाका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या पनि बढेको छ। आर्थिक वर्ष २०८०र८१ मा सुदूरपश्चिम प्रदेशबाट ९ हजार ४४७ पुरुषले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका छन्। ९ सय ४२ महिलाले समेत वैदेशिक रोजगारीमा जान श्रमस्वीकृती लिएको पाइएको छ।

सो अवधिसम्म पुरुष र महिला गरेर कुल १० हजार तीन सय ८९ को संख्यामा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृत लिएको नेपाल राष्ट्र बैंक धनगढीले गरेको अध्ययन प्रतिवेदनले देखाएको छ। यो संख्या रोजगारीका लागि तेस्रो मुलुक जाने पुरुषसँगै महिलाको संख्या पनि पछिल्लो समय बढ्दै गएको छ।

सम्बन्धित

Comments are closed.