दशैँमा पर्यटकले फोहोर गरेपछि अमरगढी पार्कमा सिनाल परिवारद्वारा सरसफाइ

महेन्द्रनगर । डडेल्धुरामा रहेको अमरगढी पार्कमा सरसफाइ गरिएको छ । दशैँको समयमा पिकनिक खान तथा घुमफिरका लागि आउने पर्यटकले जथाभावी फोहोर फाल्दा पार्क दुर्गन्धित बनेपछि अमरगढी नगरपालिका–५ मा रहेको सिनाल परिवारले पार्कमा सरसफाइ गरेका हुन। दशैँको बिदाको समयमा अमरगढी पार्कमा आन्तरिक पर्यटकको चहलपहल बढ्ने गरेको छ ।

पिकनिक तथा घुमफिरका लागि आउने पर्यटकले प्रयोग गरेका प्लास्टिक, खानेकुराका खोल, बोतल तथा अन्य फोहोर जथाभावी फाल्दा पार्कको सौन्दर्यमा समेत असर परेको थियो ।

पार्क दुर्गन्धित बन्दै गएपछि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सरसफाइ गरेको स्थानिय रेमश सिनालले बताउनु भयो । पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्नु सबैको साझा दायित्व भएकाले सार्वजनिक स्थललाई सफा र स्वच्छ राख्नुपर्ने भएर सरसफाइ गरीएको उहाँले बताउनु भयो ।

अमरगढी पार्क डडेल्धुराको एक आकर्षक पर्यटकीय गन्तव्यका रूपमा रहेको यहाँ घुमफिर तथा मनोरञ्जनका लागि पुग्ने पर्यटकको संख्या बढ्दै गएको अवस्थामा पार्कको सरसफाइ र संरक्षणमा सम्बन्धित निकायसँगै स्थानीयवासी तथा पर्यटकले पनि विशेष ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

सार्वजनिक सम्पत्ति हाम्रो साझा सम्पत्ति भएकाले आफूले गरेको फोहोर आफैँ व्यवस्थापन गर्ने बानीको विकास गर्न सके मात्रै पर्यटकीय क्षेत्रको सुन्दरता जोगाउन सकिने देखिन्छ ।

सम्बन्धित

Comments are closed.