मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि यातायातकर्मीलाई प्रशिक्षण

महेन्द्रनगर । माइति नेपाल कञ्चनपुरले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि यातायातकर्मीलाई एक दिवसिय अनुशिक्षण प्रदान गरेको छ । कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर बाट सिमावर्ती क्षेक्र गड्डाचौकी, ब्रम्हदेव र दोधाराचांदनी रुटमा चल्ने अटो चालकहरुलाई अन्तरत्रियात्मक अनुशिक्षण प्रदान गरेको हो ।

दशैं तिहार जस्ता ठूला चाडपर्वको अवशरमा मानब बेचविखनको अफराधमा संग्लग्न ब्यक्तिहरु सत्रिय हुने सम्भावना र जोखिम पनि उच्च रहने हुंदा सो जोखिम यातायातकर्मीको सहयोग र समन्वयमा न्यूनीकरण गर्न सहज हुने सम्भावनालाई मध्यनजर गर्दै अनुशिक्षण प्रदान गरिएको माइती नेपालले जनाएको छ ।माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार यूतो चाडवाडका बेला बढ्ने मानव बेचविखन तथा ओसारपसारको जोखमिमामा यातायातकर्मीको महत्वपुर्ण भुमिका हुन्छ ।

संयोजक भट्टले भन्नु भयो– मानव बेचविखनमा संलग्न अपराधीहरु यस्तो मौका पर्खीरहेका हुन्छन् । उनीहरुको एक सुचना मात्रैले पनि बेचविखनको जोखिममा रहेका महिला तथा बालबालिकालाई समयमै जोगाउन सकिन्छ ।

मानव बेचविखन गर्नका लागि मान्छेको ओसारपसार गर्न सवारी साधनको अनिवार्य प्रयोग गरिन्छ । चाहे यात्रा लामो दुरीको होस् वा छोटो दूरीका होस् । सवारी साधनको प्रयोग भएकै हुन्छ ।

ती प्रयोग गरिएका सवारी साधनका यात्रु यातायातकर्मीका प्रत्यक्ष निगरानीमा रहेका हुन्छन । आफ्नो सवारी साधनमा सवार यात्रुका हरेक गतिविधिहरु सवारी चालकरसहचालकले नजिक बाट नियाली रहेका हुन्छन । को यात्री निर्धक्क यात्रा गरि रहेछन् , कुन कुन यात्रीका गतिविधि शंकास्पद छन् रु यी सबै कुरा यातायातकर्मीलाई यात्राका दौरान थाहा भईसकेको हुन्छ ।

यस्तोमा बेचविखनको जोखिममा रहेका महिला तथा बालबालिकालाई बेचविखनमा पर्न बाट जोगाउन किने भएकाले यातायातकर्मीको भूमिका प्रष्ट पार्न यो कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । कार्यक्रमको छलफल सत्रमा सहभागिहरुले माइती नेपालका कार्यक्रम तथा गतिबिधि उत्कृष्ट रहको भन्दै सह्राना गरे ।

सहभागी मध्येका एक रघु नाथले भने– “आजको यस कार्यक्रममा हामी यातायातकर्मीले धेरै कुराहरु सिक्न, जान्न र बुझ्न पायौं । हामीहरुमा मानवीयता र समाजसेवाको अझ जिम्मेवारी थपिएको बोध भएको छ । हाम्रा दिदीबहिनी, बालबालिक बेचविखनको शिकार नहुन भनी अब हामी जिम्मेवार र सतर्क रहने छौं ।

आफ्नो दैनिक पेशागत जिम्मेवारी बहन गर्ने क्रममा यदि हामीले कुनै शंकास्पद गतिविधिको यात्रु फेला परेको अवस्थामा सर्वप्रथम माइति नेपाललाई जानकारी गराउने फ्रतिबद्धता व्यक्त गर्दछौं ।”कार्यत्रमका सहभागीहरुले प्रशंसा मात्र गरेनन् । आपत्ती र गुनासो पनि राखे ।

महेन्द्रनगर बाट गड्डाचौकी सम्मको यात्रामा ठांउठांउमा हुने चेकजांचका कारण यात्रुले अनाहकमा सास्ती भोग्नु पर्ने र आफुहरुलाई पनि बित्थामा तनाव हुने गरेको सहभागीहरुको गुनासो थियो ।

सहभागीहरुको प्रतिनिधित्व गर्दै कृष्ण बिक्रम कुंवरले भने–“महेन्द्रनगर–गड्डाचौकीको बिचमा ठांउ ठांमा गरिने चेकजांचले यात्रुलाई त परेशानी हुन्छ नै हामीहरुले पनि अनयाशै तनाव खेप्नु पर्छ । चेकजांज भन्दै यात्रुले सोधपुछका नाममा घण्टौं पर्खाई दिंदा यात्रुले त पीडा भोग्न पर्छ नै ।

हाम्रो पनि समय बरबाद हुन्छ । आखिर यही पेशा बाट हुने कमाईले हामीले परिवार पाल्नु छ , बालबच्चा हुर्काउनु छ । पांच मिनेट लाग्ने बाटोमा आधा आधा घण्टा पर्खिनु परे हामीले कति खेर कमाउने र घरपरिवार कसरी पाल्ने रु यात्रुले पनि आफ्नो गन्तब्यमा उचित समयमा पुग्नुपर्ने हुन्छ ।”
सहभागी कुंवरले महेन्द्रनगर–गड्डाचौकी रुटको बिचमा पर्ने सुखासाल स्थित एक संस्थालाई ईङ्गगित गर्दै भने–“उनीहरु त्यहां बसेर किन दुःख दिई रहेछन् । के जहां अरु संघ संस्था बसेर काम गर्दैछन्, त्यहीं बसेर सामुहिक रुपमा काम गरे हुंदैन रु गड्डाचौकी नाकापारी पनि त्यत्रो बस्ती छ । त्यंहाका स्थानीयबासीलाई पनि बिनाकारण चेक जांचका नाममा अनाहकमा दःुख दिने गरिएको छ ।”
यसरी ठांउठांउमा हुने चेकजांचले यात्रु र यात्रा दुवैले दुःख भोग्नु परेकोले यो समस्याको समाधानका लागि माईती नेपाललाई आवश्यक पहल कदमी गरिदिन आग्रह गर्दै सम्बन्धित सरोकारावाला निकाय संग यो समस्या तत्काल समाधान गर्न माग गरे ।

सम्बन्धित

Comments are closed.