महेन्द्रनगर । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् ।मुख्यमन्त्री सोडारीको अनुरोधमा विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठकको कार्यसूची निर्धारण गरेको थियो ।
तर सोडारीले मन्तब्यका क्रममा विश्वासको मत विभाजनमा नगई मार्ग प्रशस्त गरेको घोषणा गरेका हुन् ।मन्तब्य लगत्तै राजीनामा बुझाउन उनी प्रदेश प्रमुखको कार्यालय गएका छन् । एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी (रंजिता श्रेष्ठ समुह) र एक जना स्वतन्त्र सांसदको समर्थनमा बैशाख ६ गते मुख्यमन्त्री नियूक्त भएका एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले करिब एक सय दिन सरकारमा बस्दा निकै उतारचढावको सामना गर्नु परेको छ ।
उनलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले बजेट पारित हुनु अगावै साथ छाडेपछि बजेट ल्याउन नसकेको सबैभन्दा ठूलो आरोप सोडारीमाथि छ । तर सोडारीले भने बजेट प्रस्तुत गरेका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पाल स्वयं र उनको पार्टी एमालेले आफ्नो जिम्मेवारी पुरा नगरेका कारण बजेट ल्याउन नसकिएको दाबी गरे ।उनले आफुलाई मुख्यमन्त्री नियुक्त गर्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।
Comments are closed.