महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकाले लगभग १० करोडको लगानीमा चिस्यान गृह निर्माण गरीरहेको छ । ५ सय टनको चिस्यान गृह पालिकाले आफनै लगानीमा निर्माण गरिरहेको हो । पालिकाले आलु खेती, लगायत अन्य तरकारी खेतीमा कृषकहरुलाई प्रोत्साहन गरिरहेको छ ।
तरकारी पनि राम्रो उत्पादन हुने भएपछि उत्पादीत तरकारीहरुलाई राख्नको लागी किसानहरुलाई समस्या भईरहेको भएर नै पुनरवास नगरपालिकाले यो चिस्यान गृहको निर्माण गरिरहेको पालिका प्रमुख तोयप्रशाद शर्माले बताउनु भयो । आफुले चुनावी समयमा पनि बाचा दिएको भएर पनि अहिले बाचा पुर गर्न र किसानहरुको समस्यालाई मध्ये नजर गर्दे र उनिहरुको उत्पादनलाई ताजा राख्ने उदेश्यले चिस्यान गृह आवस्यक रहेको हुँदा निर्माण गरिरहेको बताउनु भयो ।
कृषकहरुको पनि आयस्तर बढने उत्पादनमा कुनैपनि समस्या नहुने बेच्न पनि सहजता हुने भएपछि किसानहरुलाई यो चिस्यान गृहले निकै ठुलो फाईदा दिने बताउनु भयो । यो चिस्यान गृहले ७ महिना सम्म तरकारीलाई चिस्यान गर्न सक्ने क्षमता रहेको हुँदा अब किसानहरुलाई अन्यत्र लगेर राख्ने समस्याको पनि हल हुने र आर्थिक भार पनि कम हुने भएको छ ।
कृषकहरुले अहिले पनि आफनो उत्पादन गरेका तरकारीहरुलाई राख्न शुक्लाफाँटा नगरपालिका ६ मा रहेको सिसैया लैजाने गरेको नगर प्रमुखले बताउनु भयो । यो चिस्यान गृह निर्माण पश्चात कृषकहलाई आफना उत्पादित तरकारीहरु लगायत अन्य चिजबस्तुहरुलाई राख्नका लागी सजिलो र आर्थिक रुपले पनि सहजता हुने आफुुले विस्वास लिएको नगर प्रमुख शर्माले बताउनु भयो ।
भारतबाट आउने महंगोमा खरिद गर्ने तरकारीलाई यसले विस्थापित गर्ने र कृषकहलाई उत्पादन वृद्धी गर्नमा प्रोत्साहन मिल्ने वातावरणको सिर्जना गर्न यो चिस्यान गृहको निर्माण आफुहरुले गर्ने उहाँले बताउनु भयो ।
अहिले चिस्यान गृहको काम लगभग ४५ प्रतिशत सम्पन्न भईसकेको र अब १ वर्षभित्रै यसको सम्पुर्ण कार्य सम्पन्न गरी यथासिर्घ प्रयोगमा ल्याउने र कृषकहरुलाई सहजता गर्ने गरी पालिकाले काम गर्ने नगर प्रमुख शर्माको भनाई रहेको छ ।
Comments are closed.