महेन्द्रनगर । भीमदत्त नगरपालिका कार्यवाहक नगर प्रमुख निलम लेखकले बजार अनुमगनलाई तिव्रता दिने कामबाट पालिका पछाडी नहटने बताउनु भएको छ । सोमवार कञ्चनपुरको महेन्द्रनगरमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालासंग छलफल अन्तरकृया कार्यक्रममा उहाँले खाद्य स्वच्छता तथा गुणस्तर खाने परिकार उत्पादन बिक्रि वितरण, उपभोगमा सबैले ध्यान दिन आवस्यक रहेको बताउनु भयो ।
प्रमुख अतिथि समेत सहनु भएका भीमदत्त नगरका कावा नगरप्रमुख निलम लेखकले भीमदत्तले अनुगमन लाई तिब्रता बढाएको बताउँदै उनले यसमा पालिका पछाडि नहट्ने र उपभोक्ता व्यवसाय कर्ताको मनोभावनाको कदर गर्दै स्थानीय ऐनमा टेकेर कामको थालनी गर्नुपर्ने बताउनु भयो ।
सबैले आ आफनो क्षेत्रबाट ईमान्दारितापुर्वक उपभोक्ताहरुको स्वास्थ्यलाई पनि ध्यान दिए।र आफनो उत्पादन विक्री वितरण गरिनु पर्ने बताउनु भयो । बढदै गईरहेको विकृती विसंगतीलाई पनि कम गर्दै लैजाने र हामी सबैले आफनो दायित्व बोध गरेर काम गर्ने हो भने सबैलाई फाईदा हुने, सबैको स्वास्थ्यलाई ठिक हुने बताउनु भयो ।
होटल व्यवसायी सबैले आफुले पकाएको खाना स्वस्थ्य छ की छैन ? गुणस्तरिय छ वा छैन ? भनेर पनि चेकजाँच गरेर मात्रै उपभोक्तालाई दिनु पर्ने जस्ले गर्दा स्वस्थ्य समाजको निर्माण गरिनु जरुरी रहेको बताउनु भयो । होटेल व्यवसायी संघ कञ्चनपुरका पुर्व अध्यक्ष जगदीश भट्टले खाद्य बस्तु वितरणमा विशेष जोड दिनु पर्ने बबताउनु भयो ।
अध्यक्ष रामचन्द्र रेग्मीले खाद्य स्वच्छ बस्तुमात्र बितरण गर्नुपर्ने बताउनु भयो । उपभोक्ता लाई खाद्यान्न गुणस्तरीयमा जोड दिन होटेल व्यवसायीका अध्यक्ष रेग्मीले बताए।हरेराम प्रधान कार्यालय प्रमुख खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका कार्यालय प्रमुख हरेराम प्रधानले आगामी दिनमा कार्यक्रम लाई प्रभावकारी रुपमा आमजनमानसमा पुग्ने गरि सार्वजनिक स्थलमा गर्ने समेत प्रतिबद्धता गरेका छन्।
तरकारीको विषादी विश्लेषण गर्दा त्यति नहुने गरेको र उपभोक्तले यसमा आफुले पनि सजकता अपनाउन समेत आग्रह गरेका छन ।
Comments are closed.