महेन्द्रनगर । आदर्श कप भेट्रान पूरुष फुटबल प्रतियोगिता २०८१ को विहिवारको छैँठौ खेलमा वेदकोट नगरपालिका विजयी भएको छ । वेदकोट नगरपालिका र दोधारा चादनी विच खेल भएकोमा दोधारा चादनीले ३ का विरुद्धमा एक गोल पनि फर्काउन सकेन ।
आफनो टिमलाई जित दिलाउनका लागी वेदकोट नगरपालिकाका खेलाडीहरु सुरेश आले, झंकरराज जोशी, र लोकबहादुर पातलीले समान एक गोल गरेको आयोजक आदर्श नेपालका सचिव मिना कुँवरले जानकारी दिनु भयो । सुरुवातदेखी दिनमा २ वटा खेल हुँदै आएपनि विहिवार भने, एउटा मात्रै खेल भएको थियो ।
शुक्रवार वेदकोट नगरपालिका र भीमदत्त नगरपालिका ४ विच खेल हुने भएको छ । यसैगरी शनिवारको दिनमा भीमदत्त नगरपालिका ४ र दोधारा चादनी विच खेल हुने आयोजक आदर्श नेपालले जनाएको छ ।आदर्श कप भेट्रान पूरुष फुटबल प्रतियोगिता २०८१ मा प्रथम हुने टिमलाई ३१ हजार नगद सहित प्रमाणपत्र मेडल,ट्रफी दोस्रो हुने टिमलाई नगद २१ हजार सहित प्रमाणपत्र मेडल,ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी, बेस्ट किपर, बेस्ट डिफेन्डर मिड फिल्डर, स्टाईकर र गोलकिपरलाई पनि ट्रफी दिने र प्रत्येक म्याचमा म्यान अफ द म्याच दिने व्यवस्था पनि रहेको आयोजकले जनाएको छ ।
Comments are closed.