कञ्चनपुरमा १० औं राष्ट्रिय खेलकूद प्रतियोगिताको प्रदेश स्तरीय छनोट हुँदै

महेन्द्रनगर । कञ्चनपुरमा १० औं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्र्तगत शनिबारदेखि प्रदेश स्तरीय छनोट सुरु भएको छ । सुदूरपश्चिम प्रदेश स्तरीय छनौटका प्रतियोगिता अन्र्तगत महेन्द्रनगरमा ८ खेलका खेलाडी छनौट हुन लागेको छ । महेन्द्रनगरमा शनिबार र आइतबार सबै ८ खेलका खेलाडी छनौट हुने भएका छन् ।महेन्द्रनगरमा हुने छनौटमध्ये हक्की टीम सिधैं राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ । सुदूरपश्चिमका अन्य जिल्लामा हक्की टीम नभएकाले सिधैं छनौट भएको छ ।

त्यस बाहेक अन्य सात खेलका खेलाडी प्रतिस्पर्धा भएर छनौट हुने जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्टले जानकारी दिनु भयो । उहाँका अनुसार तेक्वान्दो, कराँते, कबड्डी, फुल कन्ट्याक्ट, आइटीएफ, कुस्ती, जुडो र हक्कीका खेलाडी महेन्द्रनगरमा छनौट हुन लागेका छन् ।

तेक्वान्दो र कबड्डीको राष्ट्रिय प्रतियोगिताका लागि महिला र पुरुष १२÷१२ खेलाडी छनौट हुने छन् । कराँतेमा महिला पुरुष ११÷११, फुल कन्ट्याक्ट ७ पुरुष ५ महिला र आइटीएफ १३ पुरुष ११ महिला छनौट हुन लागेका छन् । कुस्तीमा ७ महिला र जुडोमा ५ पुरुष राष्ट्रिय प्रतियोगिता खेल्न छनौट हुने जानकारी दिइएको छ ।
यस अघि जिल्ला स्तरीय प्रतियोगितामा प्रदेश छनौट प्रतियोगिताका लागि कञ्चनपुरबाट तीन सय ८१ खेलाडी छनौट भएका थिए । उनीहरु २३ खेलका खेलाडी हुन् ।

जिल्ला छनौटका लागि ९ सय ५ खेलाडीले आवेदन दिएका थिए । कञ्चनपुरमा फुटबल ३६, भलिबल २८, लथलेटिक २५, क्रिकेट ३२, कबडी २८, बास्केटबल २४, ह्याडबल २४, ब्याडमिन्टन १३, टेबुलटेनिस ९, बुद्धिचाल ११, बक्सिङ्ग १३, उसु ९, तेक्वान्दो २६, कराँते २३, खोखो २२, फुलकन्ट्याक्ट १४, कुस्ती २१, आई आईटिएकफ तेक्वान्दो २६, सुटिङ्ग १३, जुडो ६, रग्बी २२, भारोत्तोलन ६ र जिम्नाटीका १ जना खेलाडी छनौट भएका छन् ।

सम्बन्धित

Comments are closed.