महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का नवराज चौधरी खुना विगत १० दिनदेखि सम्पर्कविहीन हुनुभएको छ। भारतको पुनाबाट आफ्नो घर कञ्चनपुर फर्किने क्रममा उहाँ सम्पर्कविहीन हुनुभएको उहाँकी श्रीमती सुमन चौधरी खुनाले जानकारी दिनुभएको हो।
श्रीमती सुमनका अनुसार नवराजले भारतको पुनास्थित रेलवे स्टेशनबाट घर फर्किन लागेको जानकारी गराउनुभएको थियो। तर, रेलको टिकट नपाएको भन्दै उहाँले फोनमार्फत जानकारी गराउनुभएको थियो। त्यसपछि भने उहाँ परिवारको सम्पर्कमा आउनुभएको छैन।
घर फर्किने जानकारी गराउनुभएका नवराज लामो समयसम्म घर नपुगेपछि परिवार चिन्तित बनेको छ। परिवारले उहाँको खोजी तथा अवस्थाबारे जानकारी पाउन सम्बन्धित सबैसँग सहयोगको अपिल गरेको छ।
Comments are closed.