निड्सद्वारा परियोजनाको अनुगमन पश्चात समिक्षा वैठक सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको राष्ट्रिय वातावरण तथा सम विकास नेपाल (निड्स नेपाल) ले आफनो परियोजनाको अनुगमन पश्चात समिक्षा वैठक सम्पन्न गरेको छ । कोइकाको आर्थिक सहयोग निड्स नेपाल र अक्सफामको संयुक्त साझेदारीमा संचालित आप्रवाशी परिवारको लागी आर्थिक उत्थानशिलता कार्यक्रमको सोमवार अुनमगन गरिएको थियो ।

निड्स नेपालले सोमवार जिल्ला समन्वय समिती प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक, भेटेरेनरी अस्पतालका पशु सेवा विज्ञ केन्द्रका अधिकृत शिवराज भट्ट, कृषी ज्ञान केन्द्रका प्राविधीक सहायक जनक सिंह, सस्थाका अध्यक्ष लगायतलाई आफनो परियोजनाको अनुगमन गराएको थियो ।

 

मंगलवार भीमदत्त नगरपालिका ९ मा रहेको खल्ला मुसेटीमा कृषकहरुले गर्दै आएको तरकारी खेती, बाख्रा पालन मौरी पालन, आरन व्यवसाय र शैलुनको अनुगमनको विषयमा समिक्षा वैठक भएको हो । जिल्ला समन्वय समिती प्रमुख दुर्गादत्त बोहराले संस्थाले आफनो लक्ष्य अनुरुप काम गरेको र लक्षित वर्गलाइ आफनो परियोजनामा समेटेर आफनो माग अनुसार गर्न सक्ने व्यवसाय छनौट गरेको बताउनु भयो ।

साथै उहाँले व्यवसाय छनौट गर्दा गर्न सक्ने, दिगो रुपमा व्यवसायिक हिशावले गर्न सक्नेलाई छनौट गरी तालिम र सामग्रीहरु प्रदान गर्नु पर्ने बताउनु भयो । साथै उक्त क्षेत्रमा माछा पालनको पनि सम्भावना रहेको, र स्थानिय युवाहरुलाई ब्लक बनाउने तालिम पनि दिन सकिने बताउनु भयो ।

प्रस्तत रुपमा ढुंगा गिट्टी बालुवा रहेको हुँदा घर निर्माण गर्दा चाहिने ब्लक निर्माण गर्ने तालिम आगामी दिनमा दिन सकिने बताउनु भयो । यस्तै भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले परियोजनमा छनौट गरिएका परिवारहरु विपन्न गरिव, भारतमा श्रिमानहरु कमाउन गएकाहरु पनि परेको राम्रो पक्ष रहेको बताउनु भयो ।

समय समयमा संस्थाबाट पनि प्रतिनिधीहरु अनुगमनमा जाने र अनुगमनमा आउँदै छौ है, भनेर अनुगमन गर्न नजाने बताउनु भयो । परियोजनाले लक्षित वर्ग स्थानिय कृषकहरुलाई राम्रै  फाईदा पुगेको आम्दानी पनि गरेको आफनो बालबालिकाहरुलाई शिक्षामा खर्च गरेको औषधी उपचारमा खर्च गरेको पाईनु राम्रो पक्ष रहेको बताउनु भयो ।

यस्तै, भेटेरेनरी अस्पतालका पशु सेवा विज्ञ केन्द्रका अधिकृत शिवराज भट्टले भीमदत्त नगरपालिका ९ भनेको बाख्रा पालनको सम्भावना राम्रो रहेको बताउनु भयो । कृषकहरुले पनि संस्थाले प्रदान गरेको बाख्राले पाएको पाठापाठीलाई ठुलो बनाएर बेचेर आम्दानी गरेको पाईनु राम्रो पक्ष रहेको बताउनु भयो ।

साथै आगामी दिनमा बाख्रा पालन गर्नु भन्दा पहिला घाँसको व्यवस्था गरिनु पर्ने बताउनु भयो ।, कृषी ज्ञान केन्द्रका प्राविधीक सहायक जनक सिंहले समुह गटन गर्दा समावेशकिरण रहेको बताउनु भयो । महिला मात्रै नभएर पुरुषहरुको पनि समहु निर्माण गरिएको र मह बेचेर आम्दानी गरेको बोका पाठापाठी बेचेर आम्दानी गरेको आरन व्यवसाय बाट आम्दानी गरेको र तरकारी फलाएर पनि बेचेर आम्दानी गरेको राम्रो पक्ष रहेको बताउनु भयो ।

साथे परियोजनाले स्थानियहरु संग पनि साझेदारी गरेर उनिहरुबाट पनि केही सहयोग माग्ने उनिहरुलाइ सिधै दिनु भन्दा आधा तपाईहरु लगानी गर्नु या काम गर्नु आधा हामी सहयोग गर्दछौ भन्ने खालको परियोजना बनाइनु पर्ने बताउनु भयो ।

संस्थाका अध्यक्ष दुर्गादेवी खरेलले अनुगमनमा समय दिएर आउनु भएका सम्पुर्णलाइ धन्यवाद दिदै आएका सुझावलाई आगामी दिनमा लागु गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । कार्यक्रमको सहजिकरण आप्रवाशी परिवारको लागी आर्थिक उत्थानशिलता कार्यक्रम परियोजना संयोजक अनिला चौधरीले गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.