भीमदत्तमा घरको पछाडि राखिएको विद्युतीय स्कुटर चोरी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ राम मन्दिर नजिकबाट विद्युतीय स्कुटर चोरी भएको छ। शुक्रबार राति करिब ११ बजेको समयमा घरको पछाडि राखिएको स्कुटर चोरी भएको हो।

सिल्भर रङको विद्युतीय स्कुटर घरको पछाडि सुरक्षित रूपमा राखिएको अवस्थामा चोरी भएको स्कुटरधनी गंगादत्त जोशीले जानकारी दिनुभएको छ। रातिको समयमा घरको पछाडि राखिएको स्कुटर चोरी भएपछि उहाँले स्कुटरको खोजीका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको छ।

चोरी भएको स्कुटर फेला पार्न सम्बन्धित निकाय तथा स्थानीयवासीलाई सहयोग गरिदिन आग्रह गरिएको छ। स्कुटरबारे कुनै जानकारी प्राप्त भएमा स्कुटरधनी गंगादत्त जोशीलाई खबर गरिदिन अनुरोध गरिएको छ।

सम्बन्धित

Comments are closed.