वेदकोट ३ मा लागुऔषध विरुद्ध युवा जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

महेन्द्रनगर । वेदकोट नगरपालिका ३ मा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बुधवार लागुऔषध दुव्र्यशन विरुद्ध युवा जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वेदकोट नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा र स्विट नेपाल गैर सरकारी संस्थाको सहयोगमा उक्त कार्यक्रम गरिएको थियो ।

“हामी सबैको प्रतिबद्धता ः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता”भन्ने मूल नाराका साथमा पालिकाले १० वटै वडामा विभिन्न जनचेतना मुलक कार्यक्रम गर्ने भएको छ । वेदकोट नगरपालिकाको वडा नम्वर ३ को वडा कार्यालयमा भउको उक्त कार्यक्रममा विभिन्न आमा समुह, महिलाहरुको समुहमा आवद्ध सदस्यहरु, विद्यार्थीहरु जनप्रतिनिधीहरुका माझमा विभिन्न जानकारी मुलका विषयमा छलफल भएको थियो ।

महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष भगवती थापाले परिवर्तन गर्नुछ त, आफनो परिवारबाट परिवर्तन गर्नुपर्ने बताउनु भयो । आफनो परिवारमा रहेका सदस्हरुले सबैलाई माया गर्ने सम्मान गर्ने राम्रो व्यवहार गर्ने बानी रह्यो भने अन्य छिमेकीले पनि त्यसको सिको गरेर सबैलाई सम्मानका साथमा हेरिने बताउनु भयो ।

अहिले पनि युवाहरु अधिकाँश लागुऔषधमा लागेको विषयले सबैलाई चिन्तित गरेको र आफना बालबालिकाहरुको उचित रुपमा रेखदेख र विचार गर्नुपर्ने जिकिर गर्नु भयो । वेदकोट नगरपालिका ३ का वार्ड अध्यक्ष मोहनबबहादुर गुर्धामीले वडामा अहिले महिला लक्षित विभिन्न आयमुलक कार्यक्रमहरु संचालन गर्ने सिप सिकाएर उनिहरुलाई सक्षम बनाएर आत्म निर्भर बनाउने योजना रहेको बताउनु भयो ।

स्विट नेपाल संस्थाका प्रोजेक्ट अधिकृत मिना आउजीले पालिकमा ४ वडामा यो कार्यक्रम गरिने बताउनु भयो । अहिले पालिकाको वडा नम्वर ३, ४, ५ र १० मा कार्यक्रम संचालनमा रहेको अवस्थामा यो कार्यक्रमहरु अहिले संचालन गरिने जानकारी दिनु भयो ।

अन्तर्राष्ट्रिय स्तरमा सन् १९९१ देखि शुरु भएको लैङ्गिक हिंसा बिरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिख देखि शुरु भई डिसेम्बर १० तारिखको दिन सम्पन्न हुने गरेको छ ।

सम्बन्धित

Comments are closed.