कञ्चनपुरमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइँने

महेन्द्रनगर । ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, कञ्चनपुरमा पनि विभिन्न कार्यक्रम गरी मनाइँने भएको छ । यसवर्षकोे राष्ट्रिय मूल नाराको रुपमा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार” भन्ने मुल नारासहित यस वर्षको अपाङ्गता दिवस भव्यताको साथमा मनाईने भएको हो ।

राष्ट्रिय अपाङग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष उपेन्द्रबहादुर खडायतले मंसिर १४ गतेदेखी १८ गतेसम्म सप्ताह व्यापीरुपमा विभिन्न कार्यक्रम गरी मनाउने कार्यतालिका रहेको बताउनु भयो ।

भीमदत्त नगरपालिकाको आयोजनामा १४ गते सुनाइ सम्बन्धी अपाङगता भएका व्यक्तीहरका लागी चित्रकला प्रतियोगिता, र बौद्धिक अपाङगता भएका व्यक्तीहरुका लागी १ सय मिटर दौड, १७ गते शारिरिक अपाङगता भएका व्यक्तीहरुको लागी ५ सय मिटर ह्विलचियर दौड प्रतियोगिता रहेको बताउनु भयो ।

त्यही दिन साँझ बेलुकी ६ बजे मदन चोकमा दिप प्रज्वलन कार्यक्रम र १८ दृष्टिविहिन अपाङगता भएका व्यक्तीहरुका लागी घैँटो फुटाउने कार्यक्रम, हुने भएको छ ।

सोही दिन मदन चोकबाट निकालिएको रयालीे बजार परिक्रमा गरी संविधान चोक महेन्द्र स्मारकमा सभा गरिने उहाँले बताउनु भयो । संयुक्त राष्ट्र सङ्घले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि प्रत्येक वर्ष डिसेम्बर ३ मा विश्वभर अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो ।

सम्बन्धित

Comments are closed.