महेन्द्रनगर । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ भने शुक्रबार नेपाल भित्रिएको मनसुनको प्रभाव अहिले कोशी प्रदेशमै सीमित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भू(भागमा पछिल्लो ६ घन्टामा छिटपुटदेखि हल्का वर्षा भएको छ। तर, देशभर मनसुन फैलिनका लागि आवश्यक वातावरण अझै निर्माण नभएकाले अन्य प्रदेशमा प्रभाव विस्तार हुन नसकेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
“न्यूनचापीय क्षेत्र पूर्वतिर सरेकाले मनसुन पनि पूर्वी भू(भागमा सीमित छ,” कँडेलले भनिन्, “हावाको दिशा, बादलको अवस्था र अन्य मौसमी घटकहरू मनसुन विस्तारका लागि अनुकूल छैनन्।”महाशाखाले देशभरको वर्षा अवस्था, बादलको संरचना, र हावाको दिशा(गतिको विश्लेषणपछि मात्र मनसुनको प्रगतिको आधिकारिक घोषणा गरिने बताएको छ।
आज सोमबारको मौसम पूर्वानुमान
सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानमा तथा अन्य भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना पनि महाशाखाले जनाएको छ। रातिको समय पनि आंशिकदेखि सामान्य बदली रहनेछ।
कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा र अन्यत्र एक(दुई स्थानमा राति समेत मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।
मनसुन विस्तारमा ढिलाइ
सामान्यतया मनसुन नेपाल भित्रिएपछि एक साताभित्र देशभर फैलिन्छ। तर मौसमविद् कँडेलका अनुसार यसपटक मनसुन विस्तारमा केही दिन ढिलाइ हुनसक्छ।
“कतिपय वर्षमा दुईरतीन दिनमै फैलिन्छ, तर अहिलेको अवस्थाले गर्दा अझै केही दिन लाग्ने देखिन्छ,” उनले भनिन्। महाशाखाले नागरिकलाई मौसम अपडेटमा सतर्क रहन र वर्षासँग सम्बन्धित जोखिमप्रति सजग रहन आग्रह गरेको छ।
Comments are closed.