समाजसेवी विनय प्रकाश मल्लद्वारा २ जना उपचाररत महिलाहरुलाई आर्थिक सहयोग

महेन्द्रनगर । दुःखमा साथ दिन सक्नु नै मानवताको सबैभन्दा सुन्दर परिचय हो, भन्दै समाजसेवी विनय प्रकाश मल्लले २ जना उपचाररत महिलाहरुलाई आर्थिक सहयोग गर्नु भएको छ ।

बर्दियामा भएको दुःखद बस दुर्घटनामा परी सख्त घाइते हुनुभएका भागेश्वर गाउँपालिका–४ का उर्मिला भट्ट र निलम ओझा भट्टको उपचारमा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले ब्यक्तिगत तर्फ बाट उहाँले सहयोग गर्नु भएको छ ।

दाजु सुनील भट्ट मार्फत नगद १५ हजार आर्थिक सहयोग हस्तान्तरण साथै दुवैजनाको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना पनि गर्नुभएको छ ।

डडेल्धुरामा पछिल्लो समय दिनदुखी विपन्न, गरिव दलित अपाङगता, आर्थिक अभावले उपचार गर्न नपाएकाहरुको मुखमा आउने एउटै नाम हो विनय प्रकाश मल्ल उनले विगतका वर्षदेखी आफनो जन्म भुमीका लागी लाखौ रुपैँया दिन दुखी गरिव पिडितहरु एकल महिला, दलित लगायतहरुलाई सहयोग गर्दै आउनु भएको छ ।

डडेल्धुरा घर भईहाल जापानमा रहेका युवा समाजसेवी विनय प्रकाश मल्लले समस्या बारे जानकारी पाएपछि तुरुन्तै उनलाई नगद सहयोग गरेको बताए । हाल जापानमा रहेका मल्लले डडेल्धुरामा रहेका दिनदुखी, एकल महिला, दलित गरिबको आँखाको आशु पुछ्न आफु हरदम तयार रहेको बताउनु भएको छ ।

डडेल्धुरामा लाग्ने धार्मिक मेला महोत्सवमा पानी फलफुल,जुस ,प्रशादहरु निशुल्क वितरण गर्ने जल्लामा रहेको पुरातात्विक, ऐतिहासिक पर्यटकिय क्षेत्रका मठमन्दिरहरु निर्माण, मर्मत र मुर्तीहरु स्थापना गरेर सहयोग गर्नु भएको छ । साथै उनले, मन्दिरहरुमा अक्षयकोषको स्थापना पनि गर्नु भएको छ ।

जापानमा व्यवसाय गरिराख्नु भएका अमरगढी नगरपालिका–४ खलांगा निवासी समाजसेवी विननयप्रकाश मल्लको आर्थिक सहयोगमा डडेल्धुराका बिभिन्न सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना पनि भएका छन् ।

सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गरेर ब्याजवाफत प्राप्त हुने रकमबाट अति विपन्न, दलित र जनजाती समुदायका जेहन्दार विद्यार्थीहरुलाई बर्षेनी छात्रवृती प्रदान गरिने भएको छ ।

समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ ।

सम्बन्धित

Comments are closed.