महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूलाई मुख्यमन्त्री कमलबहादुर शाहले काममा फर्कन निर्देशन दिनुभएको छ । विहिवार आफना मागहरु लगेर मुख्यमन्त्रीलाई भेटन पुगेका कर्मचारीहरको मागलाई सम्बोधन गर्ने भएपछि उनिहरु कममा फर्कने भएका छन् ।
विहिवार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नारावाजी सहित केही समय धर्ना दिएका उनिहरुले आफना माग सहित ज्ञापनपत्र बुझाएपछि माग सम्बोधन हुने प्रतिवद्धता भएको स्थानीय तह करार कर्मचारी संघर्ष समितिका प्रदेश संयोजक मनोज प्रशाद भट्टले बताउनु भयो ।
मुख्यमन्त्री शाहले सेवा नविकरण गर्ने, सिमित आन्तरिक प्रतिष्पर्धामाका लागि विधेयक संसोधनका लागि समिति गठन गर्ने र उक्त समितिमा संघर्ष समितिका सदस्य पनि रहने गरी सम्झौता भएको उहाँले बताउनु भयो । कञ्चनपुरका नौ वटा पालिकाबाट करिब हजारको संख्यामा करार तथा ज्यालादारी कर्मचारीहरूले आन्दोलन गरेका थिए ।
उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, धनगढीमा भेला भई आफ्ना हकहित, सेवा सुरक्षा तथा स्थायीत्व सुनिश्चित गर्नुपर्ने मागसहित प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
उनिहरुले विधायन तथा प्रदेश मामिला समिति सभापती माननीय दिवानसिंह विष्टलाई पनि भेटेर ज्ञापन पत्र बुझाएका थिए ।
हालै प्रकाशित स्थानीय सेवा ऐन, २०८१ आफुहरुलाई बाईपास गर्न खोजेको र स्थानीय सेवा ऐन खारेजीको माग गर्दै आफुहरुले विगत मा पनि र अहिले पनि आन्दोलनमा उत्रिनु परेको स्थानीय तह करार कर्मचारी संघर्ष समितिका प्रदेश संयोजक मनोज प्रशाद भट्टले बताउनु भयो ।
अहिले मुख्यमन्त्री ज्युबाट आश्वासन पाएपछि सबै करारमा रहेको कर्मचारीहरुले काममा फर्कीने पनि बताउनु भयो ।
Comments are closed.