२० वर्ष मुनिको साफ महिला च्याम्पियनशिपमा सोमबार नेपालले दोस्रो पटक बङ्गलादेश सग खेल्दै छ । सोमबार हुने अन्तिम खेलले नै उपाधि जित्ने टोलीको निर्णय गर्ने छ । खेल बङ्गलादेशको बसुन्धरा स्पोटर्स मैदानमा नेपाली समय अनुसार बेलुकी पौने ७ बजे देखि शुरू हुने छ । प्रतियोगितामा बङ्गलादेश पँच खेलमा १५ अङ्क सहित शीर्ष स्थानमा छ भने समान खेलमा १२ अङ्क सहित नेपाल दोस्रो स्थानमा छ । नेपालले भुटान र श्रीलङ्कालाई दुई – दुई खेलमा पराजित गर्दा बङ्गलादेश सग भने पराजित भएको थियो । डबल राउन्ड रोबिनका आधारमा भएको खेलमा प्रतियोगिताको उपाधि जित्न नेपालले अन्तिम खेलमा बङ्गलादेशलाई हराउनु पर्ने छ । बङ्गलादेशलाई उपाधिका लागि बराबरी नतिजा मात्रै पनि पर्याप्त रहने छ । बङ्गलादेश सगको पहिलो खेलमा नेपाल ३ – २ गोलले पराजित भएको थियो । नेपालले यसअघि भुटानलाई पहिलो खेलमा ६ – १ गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेश सग ३–२ गोलले पराजित भएको थियो । त्यस यता नेपालले लगातार तीन खेल जित्दा कुनै गोल खाएको छैन । श्रीलङ्कालाई दुवै खेलमा ७ ले पराजित गरेको नेपालले पछिल्लो खेलमा भुटानलाई ८ गोलले हराएको थियो । उता बङ्गलादेशले श्रीलङ्कालाई पहिलो खेलमा ९–१ ले हराउदै शुरुवात गरेको थियो । बङ्गलादेशले तीन वटै विपक्षी सग गोल खाएको छ । दोस्रो खेलमा नेपाललाई ३–२ ले र तेस्रो खेलमा भुटानलाई ४–१ ले हराउदा बङ्गलादेशले गोल खाएको हो । त्यसपछि बङ्गलादेशले भुटानलाई ३–० र श्रीङ्गकालाई ५–० ले पराजित गरेको थियो । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् ।
Comments are closed.