कञ्चनपुरमा तीनपाङ्ग्रे अटोमा परिचयात्मक स्टिकर अभियान सुरु

महेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले तीनपाङ्ग्रे अटो रिक्सा व्यवस्थित गर्ने उद्देश्यले परिचयात्मक स्टिकर टाँस्ने अभियान सुरु गरेको छ । सबै आवश्यक कानुनी कागजात पूरा भएका अटोहरूलाई चिनारी दिन यस्तो स्टिकर टाँसिएको हो ।

बिहीबार आयोजित एक कार्यक्रममार्फत पहिलो चरणमा १०० वटा अटोमा स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ट्राफिक प्रहरीले स्टिकर भएका अटोहरूको आवश्यक कागजात पूरा रहेको सहज रूपमा पहिचान गर्न सकिने जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख बालेन्द्र नाथले यस अभियानले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन, अवैध रूपमा सञ्चालन भएका सवारी साधनको पहिचान गर्न तथा चालकहरूलाई आवश्यक कागजात साथमा राख्न थप जिम्मेवार बनाउन सहयोग पुग्ने बताउनु भयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले आगामी दिनमा आवश्यक कागजात पूरा गरेका अन्य अटोहरूमा पनि चरणबद्ध रूपमा स्टिकर टाँस्ने अभियानलाई निरन्तरता दिने उहाँको भनाइृ रहेको छ ।

अटो चालक सरेन्द्र सिम्खडाले अटोमा स्टिकर लगाउनाले आफुहरुलाई सजिलो हुने, सबै कागजात छ है भनेर पनि जानकारी दिईने बताउनु भयो ।

स्टिकर लगाएको छ भन्दैमा बढी सवारी हाल्ने, नियम विपरित कार्य गर्न नमिल्ने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.