महेन्द्रनगर । यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात सेवा सञ्चालन अनिश्चित रहेको जनाएको छ । सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनले उग्ररूप लिएपछि मंगलबारदेखि यातायात व्यवसायीहरूले यातायात सञ्चालन अनिश्चितकालका लागि बन्द गरेका थिए ।
हाल नेपाली सेनाले देशको सुरक्षाको जिम्मा लिएको छ । यससँगै अहिले देशभर निषेधाज्ञा र कर्फ्यु लगाइएको छ । यस कारण अत्यावश्यक सामग्री ढुवानीका सवार, एम्बुलेन्स दमकल लगायत मात्र सञ्चालनमा छन् ।
अन्य यातायात ठप्प रहेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले देशको वर्तमान विषम परिस्थितिमा तत्काल के गर्ने भन्ने निर्णय गर्ने अवस्था नरहेको बताए ।
तर उपयुक्त वातावरण तयार भएपछि सेवा दिन तयार रहेको बताए । सिटौलाका भन्छन्, ‘अहिले हामी के गर्ने भन्ने निर्णय गर्ने अवस्थामा छैनौँ ।
देश सबै ठप्प छ र, यो अवस्थामा हामीले यो गर्छौँ भनेर हुने अवस्था पनि छैन ।’ उनले सहज रूपमा सेवा सञ्चालन गर्ने अवस्था आएमा आफूहरूले सुरु गर्ने स्पष्ट पारे ।
Comments are closed.