मर्निङ्ग ग्लोरीका मिलन बोहरा बने कक्षा १२ विज्ञान तर्फ कञ्चनपुर टपर

महेन्द्रनगर । कञ्चनपुर महेन्द्रनगरको मर्निङ्गग्लोरीका छात्रा मिलन बोहरा विज्ञान तर्फ जिल्ला टपर भएका छन । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२को नतिजा अनुसार भीमदत्त नगरपालिका १८ महेन्द्रनगरको मर्निङ्गग्लोरीका छात्रा मिलन बोहरा विज्ञान तर्फ जिल्ला टपर भएका हुन ।

मर्निङ्गग्लोरीकाका प्रिन्सिपल चुडामणी शर्माले विज्ञान संकायका विद्यार्थी मिलन बोहराले ३।९१जिपिएर ल्याएर टपर भएका छन ।

उनका अनुसार बोहराले फिजिक्स, क्यामेष्ट्री, म्याथम्याटिक, ईङिलिशमा एप्लस र बाँकी विषयमा एग्रेट ल्याएका छन । प्रिन्सिपल शर्मामा अनुसार छात्रा बोहरा आफुपनि निकै मेहनत र विद्यालयको समेत शिक्षण सिकाईमा मेहनतकोप्रतिफल भएको बताए ।

उनका अनुसार अन्य विद्यार्थीहरुले समेत राम्रो जिपिएर ल्याएर उर्तीण भएका छन । शर्माले प्रिन्सिपल सम्हालेपछि मर्निङ्गग्लोरीमा शैक्षिक गुणस्तर बृद्धिका कार्यक्रम संचालन गरिएका छन ।

सम्बन्धित

Comments are closed.