महेन्द्रनगर । कृषी ज्ञान केन्द्र कञ्चनपुरले अनुदान दिएपछि लालझाडी गाँउपालिका २ कसवाका बेसार किसान हिरेन्द्र रानाले १ सय विगाह क्षेत्रमा बेसार खेती गर्ने तयारी रहेको बताएका छन् । अहिले २८ विगाह जमिनमा उनले व्यवसायीक रुपमा बेसार खेती गरेका छन् ।
उनले आफु संग जमिन नभएर विद्यालयका बाँझो जमिनमा पनि भाडामा लिएर बेसार खेती गरेका छन् । उनको लक्ष्य भनेको १ सय विगाह क्षेत्रमा बेसार खेती गर्ने रहेको र जमिन भाडामा खोजिरहेको बताए
“कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी, बेलौरी, पुनरवास, बेलडाँडीका किसानहरुले लगाएका कुनै पनि अन्नबालीहरु भित्राउन पाउदैनन किन भने, उनिहरुले लगाएका अन्नबालीहरुलाई हात्ती लगायत अन्य जंगली जनावरहरुले खाईदिने, नष्ट गरीदिने समस्या रहेको छ” उनले भने,
“त्यही भएर हात्तीबाट पनि बच्ने अन्य जंगली जनावरहरुले पनि नोक्शान गर्न नसक्ने भएकाले बेसार खेती तर्फ आकर्षण रहेको हो” अहिले विकल्पको रुपमा अन्य किसानहरुले बेसार खेती तर्फ आकर्षण बढाएका छन् ।
‘परम्परागत खेती गर्दा खान लगाउन समेत धौधौ हुन्थ्यो, बेसार खेतीले दैनिक जीवनयापन सहज भएको छ।’ १ सय विगाहमा खेती गर्ने लक्ष्य रहेको अहिले २८ विगाह क्षेत्रफलमा व्यावसायिक रुपमा बेसार खेती गरेको उनले बताए ।
बेसार खेतीका लागि ठूलो जनशक्ति र सीप आवश्यक नपर्ने भन्दै सहज रुपमा आम्दानी गर्न सकिने जनाए । बेसार बारीमा लगाएको करिब सात महिनामा खन्न र बजार लैजान योग्य हुन्छ । बेसार खेतीका लागि सिँचाइको खासै आवश्यक पर्दैन । अन्य बाली उब्जनी नहुने बाझो पाखोमा बेसार लगाएर सदुपयोग गर्न सकिने उनले बताए ।
“बेसार अन्नबाली नहुने बाँझो जमिनमा पनि उब्जनी गर्न सकिन्छ”, उनले भने, “अन्नबालीमा गरिने मेहनतभन्दा बेसार खेतीमा गरिने मेहनतबाट दोब्बर आम्दानी हुन्छ ।”
यो सबै बाट उत्पादन ६० लाखको हुने आफुले अनुमान गरेको बेसार किसान रानाको भनाई रहेको छ । कृषी ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख कृषी प्रसारक अधिकृत गोविन्द सिजापतीले लालझाडी गाँउपालिकामा मसला बाली प्रवद्र्धन गर्न २८ विगाह क्षेत्रफलमा मध्यवर्धी क्षेत्रमा हात्तीले क्षती कम गर्ने बालीका लागि ५० प्रतिशत अनुदानमा सहयोग गरेको बताए ।
बाँझो जमिनमा पनि खेती गर्न सकिने र जैगली जनावरहरुले कम क्षती गर्ने बेसार रहेको भएर किसानहरुलाई सहयोग गरिएको बताउनु भयो ।
Comments are closed.