महेन्द्रनगर । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनासम्बधी जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँचजनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । जाँचबुझ आयोगको आइतबार ९असोज १२० बसेको निर्णयले विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको हो ।
निवर्तमान प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई विदेश जान रोक लगाउन सिफारिस गरेको हो ।
साथै, आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका पनि छाड्न नपाउने व्यवस्था गर्न भनिएको छ ।ूअनुसन्धानको दायरामा रहेको हुँदा विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्ने गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने,आयोगको निर्णयमा भनिएको छ ।
Comments are closed.