तीन दिनको अवधिमा बझाङमा करेन्ट लागेर दुई जनाको मृत्यु

महेन्द्रनगर । बझाङमा तीन दिनको अवधिमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मष्टा गाउँपालिका–५, किनाडाका १३ वर्षीय सुरेश आग्री र छविस पाथिभेरा गाउँपालिका–४ की २० वर्षीया सावित्रा शाह रहेको प्रहरीले जनाएको छ ।

आग्रीको सोमबार करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । गाईवस्तु चराउन हिँडेका आग्रीलाई सडकमा लछारिएको बिजुलीको तारमा छोइँदा करेन्ट लागेको स्थानीयले बताएका छन् ।

‘साँझसम्म तार ठिकै थियो । आइतबार रातिको हावाहुरीले बाटोमा लछारिएको रहेछ,मष्टा गाउँपालिका–५, का वडा अध्यक्ष सुदन कठायतले भने, ‘अन्जानमा तार छुँदा दुर्घटना भयो ।

यसअघि शनिबार धारामा पानी लिन गएकी शाहको पनि बाटोमा लत्रिएको तारमा छोइएका कारण करेन्ट लागेर घटनास्थल मै ज्यान गएको थियो ।

सम्बन्धित

Comments are closed.