महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले महाकाली मोडर्न प्रिमियर लिग अर्थात एमएमपिएलको आयोजना गर्ने भएको छ । सोसियल हिरोज, कम्प्युटर वारियर्स, साईन्टिफिक ईन्भेष्टर, म्याथम्याटिक्स ब्लाष्टर, हेल्थ सुपर जियन्टस, र अप्सन सुपर स्टार गरी ६ वटा टिमले उक्त लिगमा भाग लिने भएका छन् ।

आईतवार उक्त लिगका लागि खेलाडीहरुको अक्शन अर्थात खेलाडीहरुलाई किन्ने कार्यक्रम सम्पन्न भएको छ । होटल चेतनमा आयोजना भएको उक्त कार्यक्रममा ६ वटा टिमले खेलाडीहरुको लागी बोली लगाएका थिए, जस्मा सबै भन्दा बढी ४९ सयमा लब खडका विक्री भएका छन् ।

उनलाई म्याथम्याटिक्स ब्लाष्टर टिमले खरिद गरेको छ । गएको हप्तामा विद्यालयमा खेलाडहिरु छनौट गरेर उनिहरुलाई ब्याटिङ र बलिङमा अंक प्रदान गरीएको थियो । त्यसैको आधारमा खेलाडीहरुलाई अक्शनमा राखेर आजको यो कार्यक्रमको आयोजना गरीएको महाकाली मोडर्न पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल दिजराज भट्टले जानकारी दिनुभयो ।
उहाँले विगतको वर्षदेखी नै आफुहरुले यो प्रतियोगिताको आयोजना गर्दै आएको र यो दोस्रो वर्षमा आएर पनि अक्शन कार्यक्रमको आयोजना गरेको बताउनु भयो । साथै यो वर्ष शिक्षकशिक्षीकाहरुले पनि लगानी गरेर अझे खेल र खेलाडीहरुको समर्ग विकासमा सहयोग गर्नु भएको बताउनुभयो ।
साथै विद्यार्थीहरुको सर्वाङगिण विकास उनिहरको सिपकला र उनिहरुले आफुमा भएको खेललाई यो सलग मार्फत देखाउन पाउने अवसर पनि रहेको बताउनु भयो । खेल जगतबाट पनि विद्यार्थीहरुको पहिचान बनाउन र उनिहरुलाई भविष्यमा खेलबाट पनि नाम दाम दुवै कमाउन सकिन्छ भन्ने उदाहरण दिनका लागि पनि यो र्काक्रमको आयेजना गरीएको बताउनु भयो ।
साथै यो खेलकुदबाट क्रिकेटमा विभिन्न अवसर रहेका छन् त्यसको लागि र आफनो भविष्य निर्माण गर्न सहज होस भन्ने उदेश्यलाई मध्ये नजर गर्दै विद्यालयले विगत एक वर्षदेखी यो लिगको आयोजना गर्दै आएको बताउनु भयो ।उक्त कार्यक्रमको प्रमुख अतिथीमा विद्यालयका संस्थापक हर्कबहादुर धामी रहनु भएको थियो भने, बिशिष्ट अतिथीमा रेनु धामी रहनु भएको थियो ।
Comments are closed.