मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिको बैठक सम्पन्न

महेन्द्रनगर । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिको बैठक सम्पन्न भएको छ । माईती नेपाल कञ्चनपुरको आयोजनामा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा उक्त वैठक सम्पन्न भएको छ ।

यसैगरी जिल्ला न्यायाधिवक्ता फटिक राज मुडभरी, सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर एसपी खड्क बहादुर खत्री, सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण एसपी लोकेन्द्र देव भट्ट, गै.स.स.महासंघ अध्यक्ष लक्ष्मी बोहरा, साथी संस्थाका उर्मिला शाही, निड्स नेपाल अध्यक्ष दुर्गा खरेल, माइती नेपाल संयोजक महेस्वरी भट्ट, सानाहातहरु परामर्शकर्ता सिद्ध मल्ललगायतको उपस्थिती रहेको थियो ।

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धमा जिल्लामा क्रियाशील संघसंस्थाहरुले मानव वेचविखन तथा ओसारपसार नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयको समन्वयमा विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने र सो को प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने निर्णय गरीएको छ ।

यसैगरी, जिल्लामा क्रियाशील संघ÷संस्थाले आपसी समन्वय र प्रभावकारी रुपमा सूचना संकलन लगायतका कार्य गर्ने निर्णय भएको माईती नेपालका संयोजक भट्टले बताउनु भयो ।

जिल्लामा मानव बेचविखन तथा ओसार पसार नियन्त्रण कार्यमा यस जिल्लामा क्रियाशील सबै गैरसरकारी संस्थाले आ–आफ्ना कार्यक्रम तर्जुमाकै बखतमा संचालन गरिने क्रियाकलापमा समन्वय र प्रभावकारिता हासिल गर्न आवश्यक सहजीकरण गर्ने ।

कार्यक्रम संचालन गरी प्रभावकारिता हासिल गर्न सयुक्त कार्यक्रम समेत तर्जुमा गर्ने निर्णय भएको छ । यसैगरी माईती नेपालले विगत ९ महिनामा रोकथाम÷निरोध÷उद्धार÷पुनस्र्थापना तथा अभियोजनमा निम्न कार्यहरु गरेको जानकारी गराएको छ । सिमा क्षेत्रमा १ सय ५६ जना लाई रोकथाम गरेको छ

जसमध्ये गड्डाचौकी सिमानाका ६९जना, चार लाइन पुल २४जना, झोलुङ्गे पुल २० जना जि.प्र.का, अन्य ४३ जना रहेका छन् । ती मध्ये ६७ जना बालबालिका र ८९ जना महिला रहेका छन् । जसमध्ये ब्राम्हण १२, क्षेत्री ६३, दलित ५०, जनजाती ३१ रहेका छन् । सुदुरपश्चिम प्रदेश ः १३६ जना (२२ वटा जिल्ला मध्ये )

कंचनपुर जिल्ला ः ७४ जना, कैलाली २९ जना, बैतडी ८ जना, बझाङ्ग÷डोटी ७÷७ जना कंचनपुर जिल्ला ः ७४ जना (भिमदत्त ३६जना, बेतकोट ०९ जना, शुक्लाफाटा १०जना, दोधाराचांदनी ८जना, कृष्णपुर ४जना र लालझाडी २जना, बेलौरी ३ जना, बेलडाडी २ जना (ब्राम्हण ०८, क्षेत्री २५, दलित २५, जनजाती १६)

भारत बाट उद्धार ः १० जना बिहार १ जना, पंज्जाब १ जना, चमौली १ जना, हरियाणा–१ जना, मुम्बै१ जना, दिल्ली २ जना, गाजियाबाद २ जना, हैदराबाद १ जना) (७ जना बालबालिका) (ब्राम्हण २, क्षेत्री १, दलित ७ जना ) कंचनपुर जिल्ला ः ४ जना रहेका छन् ।

सम्बन्धित

Comments are closed.