महेन्द्रनगर । कञ्चनपुरमा भुवा पर्वको समापन गरीएको छ । सुदूरपश्चिममा प्रदेशको बाजुरा, बझाङ, अछाम र तराँइका दुई जिल्ला कञ्चनपुर र कैलालीमा गत पौष ४ गतेदखी सुरु भएको भुवा पर्वको एक कार्यक्रमको आयोजना गर्दै सम्पन्न गरीएको हो ।
बडीमालिका एकता समुहको आयोजना रहेको उक्त कार्यक्रमको सभाध्यक्षमा बडीमालिका एकता समुहका अध्यक्ष डम्मर खडका रहनु भएको थियो । भने प्रमुख अतिथीमा सुदूरपश्चिमका पूर्व मन्त्री प्रकाश रावल रहनु भएको थियो । पछिल्लो समय सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि यो पर्व मनाउन थालिएको छ ।
द्वापरयुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसियाली मनाएको दिनलाई स्मरण गर्दै विभिन्न स्थानमा भुवो खेल्ने गरिन्छ ।
कार्यक्रममा विभिन्न देउडिया कलाकारले देउडा खेलाएका थिए भने श्री राधाकृष्ण मन्दिर संरक्षण समिति हल्दुखालले र बडीमालिका एकता समुहले आफनो भुवा नाच प्रदर्शन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पूर्व मन्त्री रावलले सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाईने यो पर्व पछिल्लो समय कैलाली र कञ्चनपुरमा पनि हर्षाेल्लासका साथमा मनाईनुले अति नै राम्रो सन्देश दिएको बताउनु भयो ।
यो परम्परा संस्कृतीले सबैमा आपसी सम्बन्ध भाईचारा र अपनत्वको विकास गर्ने र नयाँ पुस्ताहरुलाई पनि यो सिपकला संस्कृतीको सिकाई हुने बताउनु भयो ।
विषेश गरेर यो पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धका बेला पाण्डवको सङ्घर्ष, जङ्गलमा बास बसेको समय, विकासमा खेलेको भूमिकालाई लिएर भुवाका माणा (गीत) गाउने चलन रहेको उहाँले बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष खडकाले पुस ४ गतेदेखी यो पर्व मनाउन सुरु गरीएको र पछिल्लो समयमा बडीमालिका एकता समुहले पनि कञ्चनपुरमा यसको स्थापना संरक्षणका लागी काम गरीरहेको बतउनु भयो ।
सुदूरपश्चिम सरकारले एकदिन भुवा पर्वको उपलक्ष्यमा दिएको सार्वजनिक विदाले पनि यसको सम्मान गरेको आफुलाई महसुस भएको र स्थानिय सरकारले पनि आगामी दिनमा यो पर्वको लागी बजेट विनियोजन गरेर सहयोग गर्ने छ भन्नेमा आफु विस्वस्त रहेको बताउनु भयो ।
पछिल्लो समय पहिचान जोगाउनका लागि पनि धेरै समुदायले भुवा पर्व मनाउने गरेका छन् । स्थानीय सरकार आफैँ पनि पर्व जोगाउनका लागि लागि परेका छन् ।
‘आफ्नो संस्कार, संस्कृति, पहिचान जोगाउनका लागि पर्वको जगेर्ना गर्नुपर्छ’, उहाँले भन्नुभयोे, ‘पहिचान जोगाउनका लागि अहिले धेरै स्थानीयहरुले पनि सहयोग गरीरहेका छन् ।
भुवा पर्वमा रातभरि आगो बालेर देउडा, भारीखेल, भस्सोलगायत खेल छुट्टाछुट्टै खेल्ने चलन छ। यो पर्व तीनदेखि पाँच दिनसम्म मनाइन्छ । कुनै ठाउँमा भुवो खेल्दा गाउँमा छैटी खेल्ने चलन पनि छ ।
Comments are closed.