आगामी तिन दिनको मौसमी अवस्था यस्तो छ

महेन्द्रनगर । जल तथा मौसम विभागले आगामी ३ दिनको मौसमी अवस्थाको जानकारी दिएको छ । पुस ९ गतेदेखी ११ गतेसम्म हुने मौसमको अवस्था बारे जानकारी दिएको हो ।
२०८२ पुस ९ गते बुधबार
दिउँसोः देशका तराई भू(भागमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका तराई भू(भागमा मध्यान्न सम्म तथा बाँकी तराई भू(भागमा दिनभर कुहिरोको समेत सम्भावना रहेको छ । पहाडी तथा हिमाली भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।
रातीः तराई भू(भागमा हुस्सु रहनेछ । पहाडी तथा हिमाली भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।
२०८२ पुस १० गते बिहीबार
दिउँसोः देशका तराई भू(भागमा हुस्सु र कुहिरो रहनेछ । सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।
रातीः देशका तराई भू(भागमा हुस्सु र कुहिरो रहनेछ । गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।
२०८२ पुस ११ गते शुक्रबार
दिउँसोः देशका तराई भू(भागमा हुस्सु र कुहिरो रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिममा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।
रातीः देशका तराई भू(भागमा हुस्सु र कुहिरो रहनेछ । सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।

सम्बन्धित

Comments are closed.