कञ्चनपुरमा सोचे जती अनुगमन गर्न सकिएन ः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख प्रधान

महेन्द्रनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले सरोकारवाला निकाय संग अन्तरक्रिया तथा छलफल सम्पन्न गरेको छ । महेन्द्रनगरमा बुधबार आयोजना गरेको खाद्य दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड सम्बन्धि सरोकारवालाहरू संगको अन्तरक्रिया सम्पन्न गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख हरेराम प्रधानले २०८१ खाद्य स्वच्छता तथा गुणस्तर ऐनको बारेमा सरोकारवालहरु संग अन्तरक्रिया गरेको बताउनु भयो ।

५८ वर्ष पछि आउको नयाँ ऐनको प्रावधानर यसको बारेमा जानकारी दिनका लागी आजको कार्यक्रम आयोजना गरीएको उहाँले बताउनु भयो ।

पछिल्ला समयमा अनुगमन हुन सकेको छैन ? भन्ने प्रश्नमा उहाँले कञ्चनपुरमा कार्यालय नभएको अवस्थामा विगतमा पनि अनुगमन गरीएको तर नियमित नभएको अवस्थामा आफुहरु संग भएको मोवाईल भ्यान बाट पनि अनुगमन गरेको बताउनु भयो ।

त्यो बेलामा बसपार्कमा रहेका पसलमा अनुगमन गरेको बताउनु भयो । तर सोचे अनुरुप आफुहरुले अनुगमन गर्न नसकेको उहाँले बताउनु भयो ।

साथै, उहाँले अनुगमन मात्रै गर्ने काम नभएर कर्मचारकिो अभाव, दुरी र कार्यालयमा प्रयोगशाला परिक्षण तालिम दिने, सेवाग्राहकिो चापले गर्दा पनि अनुगमन गर्न नसकिएको बताउनु भयो ।

उहाँले धनगढी बाहेक अन्य पालिकामा ढिला भएपनि अनुगमन गर्ने गरेको बताउनु भयो । साथै उहाँले कागजमा मात्रै अनुगमन नगरेर फिल्डमा आएर नै काम गर्ने र आफुहरुले अनुसन्धान गरेर कार्वाही गर्ने गरेको उहाँले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.