बेदकोटमा दोस्रो उप–मेयर कप छात्रा भलिबल प्रतियोगिता २०८२ शुरु

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा आज देखि दोस्रो उप–मेयर कप छात्रा भलिबल प्रतियोगिता २०८२ शुरु भएको छ । वेदकोट नगर उप–प्रमुख तुलसी जोशीको सभा अध्यक्षतामा र नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उदघाटन कार्यक्रम भुवनेश्वरी मा वि सिसैयामा सम्पन्न भएको छ ।

कार्यक्रममा बिशिष्ट अतिथीमा निवर्तमान नगर प्रमुख अशोक कुमार चन्द , निवर्तमान नगर उप–प्रमुख शुशिला सिह, नगर प्रबक्ता चित्रदेव भट्ट , शिक्षा शाखा प्रमुख पदमराज भट्ट रहेका थिए भने, अतिथीमा वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु , र राजनीतिक दलका प्रतिनिधिहरु रहेका थिए ।

यस्तै कार्यक्रममा शिक्षक बिद्यार्थी , स्थानीय बासीहरुको भब्य उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बोहराले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

नगर प्रमुख बोहराले भन्नुभयो, “खेलकुदले अनुशासन, नेतृत्व र सहकार्यको भावना विकास गर्छ । छात्राहरूलाई खेलकुदमार्फत अघि बढ्न प्रेरित गर्न नगरपालिकाले यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ ।”

उहाँले छात्रा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न आगामी दिनमा पनि आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतियोगिताले छात्रा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख बोहराले खेलकुदमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने अपेक्षा गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै नगर उप–प्रमुखले छात्रा सशक्तीकरणमा खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उप–प्रमुखले भन्नुभयो, “खेलकुदले छात्राहरूमा आत्मविश्वास बढाउनुका साथै नेतृत्व विकासमा सहयोग पु¥याउँछ । उप–मेयर कप छात्रा भलिबल प्रतियोगिता छात्राहरूको क्षमता पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।”

उहाँले नगरपालिकाले महिला तथा छात्रा लक्षित खेलकुद कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको पनि उल्लेख गर्नुभयो । उहाँले खेलकुद क्षेत्रमा सहभागिता बढाउँदै स्वस्थ र अनुशासित समाज निर्माणमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रमको संचालन भुवनेश्वरी मा वि सिसैयाका अध्यक्ष प्रवीण बोगटीले गर्नु भएको थियो । आजको उदघाटन खेलमा सिद्ध बैजनाथ मावि बगुन र बालज्योती मा.वि बैतडा बिच खेल हुदा सिद्ध बैजनाथ मावि बगुन बिजयी भएको छ भने अर्को खेलमा रत्न मा.वि चथरी र उदयदेब मावि सुन्दरपुर बिच प्रतिस्पर्धा हुदा उदयदेब मा.बि बिजयी भएको जनाइएको छ ।

सम्बन्धित

Comments are closed.