महेन्द्रनगर । कञ्चनपुर जिल्लाको राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (एन–प्याब्सन) भीमदत्त नगर समितिले एन प्याबसनको २९ औ स्थापना दिवस भव्यताको साथमा मनाएको छ । आईतवार भीमदत्त नगर समितिको आयोजनामा र भीमदत्त नगर समितिका अध्यक्ष दिजराज भट्टको सभाध्यक्षमा शुभकामना आदान प्रदान तथा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथीमा केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्याम सिंह मौनी रहनु भएको थियो । यसैगरी, विशिष्ठ अतिथीमा केन्द्रिय कानुनी सल्लाहकार प्रकाश पाण्डेय केन्द्रिय सल्लाहकार डा भोजराज पन्त, प्रदेश पदाधिकारीहरु, एन प्याबसन अध्यक्ष सतिश बहादुर चन्द,
केन्द्रिय पूर्व सचिव प्रजापती नेगी, जिल्ला वरिष्ठ उपाध्यक्ष बलदेव भट्ट, प्रत्येक विद्यालयका प्रिन्सिपल विद्यार्थीहरु, अभिभावकहरुको सहभागिता रहेको थियो ।
भीमदत्त नगरपालिका भित्र रहेका एन प्यावसनमा आवद्ध भएका २७ जना गरिव जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामग्रीहरु वितरण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष एवम भीमदत्त नगर समिती अध्यक्ष दिजराज भट्टले “शिक्षा नै समाज रुपान्तरणको मूल आधार रहेको र विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरु प्रभावकारी हुने बताउनु भयो ।
एन प्याबसन भीमदत्त नगर कमिटीले आगामी दिनमा पनि शैक्षिक विकास, क्षमता अभिवृद्धि र विद्यार्थीमैत्री कार्यक्रमहरुलाई निरन्तरता बताउनु भयो ।
उहाँले विद्यार्थीहरुको शैक्षिक स्तर उकास्न यस्ता कार्यक्रमहरु महत्वपूर्ण हुने उल्लेख गर्दै निजी तथा संस्थागत विद्यालयहरुले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष भट्टले एन प्याब्सन भीमदत्त नगर कमिटीले आगामी दिनमा पनि शैक्षिक गुणस्तर सुधार, विद्यार्थी प्रोत्साहन तथा सहयोगमूलक कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पछिल्लो समय एन प्याब्सन भीमदत्त नगर समितिका अध्यक्ष दिजराज भट्टको सक्रियतामा विभिन्न कार्यक्रमको आयोजना भई रहेका छन् ।
Comments are closed.