स्विट नेपालले ‘नेपालमा संकटको समयमा कानुनी सेवा सहायता परियोजना’ संचालन गर्दै

महेन्द्रनगर । कञ्चनपुरमा रहेको स्विट नेपालले आफनो नयाँ परियोजनाको परिचयात्मक तथा समन्वय कार्यक्रम सम्पन्न गरेको छ । मंगलवार संस्थाले एक कार्यक्रमको आयोजना गर्दै आफनो नयाँ परियोजना ‘नेपालमा संकटको समयमा कानुनी सेवा सहायता परियोजना’ को बारेमा जानकारी प्रदान गरेको हो ।

जेनजी आन्दोलन पश्चात भएका विभिन्न समस्यामाहरु र अन्य संकटमा कसरी जिवन निर्वाह गर्ने कसरी मानसिक रुपमा स्वस्थ्य रहने कसरी कानुनी पहुँचमा लैजान सकिन्छ, भन्ने विषयमा रहेर यो परियोजनाले काम गर्ने भएको छ । उक्त कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष अमिर तिरुवाले गर्नुभएको थियो भने, कार्यक्रमको प्रमुख अतिथीमा भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख निलम लेखकले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा जिल्ला प्रसाहन कार्यालय, उच्च अदालत दिपायल महेन्द्रनगर, कञ्चनपुर जिल्ला अदालत, सरकारी वकिल कार्यालय, नापी कार्यालय, कृषी ज्ञान केन्द्र, कञ्चनपुर बार एसोसिएसनका प्रतिनिधीलगायतको उपश्थिती रहेको थियो ।

सहभागीहरुले यो कार्यक्रमले सिमान्तकृत समुदायहरु, विपदबाट प्रभावितहरुलाई पनि समेटेर लैजानु पर्ने बताएका थिए ।

साथै कानुनी सहायता केन्द्र, एडभोकेसी,फोरमलगायत संग सहकार्य गर्नु पर्ने समुदायमा आवस्यक्ताको आधारमा कार्यक्रम संचालन गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रलाई सम्बोधन गर्दै भीमदत्त नगरपालिकाका कार्यवाहक नगरप्रमुख लेखकले यो परियोजना समय सान्दर्भिक रहेको र यसलदे प्रभावित क्षेत्रमा रहेका व्यक्तीहरुलाई अझै बढी फाईदा पुग्ने गरी र पहुँच नपुगेको क्षेत्रमा पहुँच पुय्राएर काम गर्न आग्रह गर्नु भयो ।

साथै पछिल्लो समय जेनजी आन्दोलनबाट प्रभावित हुनु भएकाहरुलाई कसरी समेटन सकिन्छ र आएका सल्लाह सुझावहरुलाई पनि लिएर यो परियोजनाले काम गर्नेछ भन्नेमा आफु विस्वस्त रहेको बताउनु भयो ।

जुन समुदायले कानुन के हो ? कानुनको जानकारी नै नभएको समुदायमा गएर यो परियोजनाले उनिहरुलाई पनि समेटने गरी काम गर्न आग्रह गर्नु भयो ।

अध्यक्ष अमिर तिरुवाले संकट आईसकेपछिको त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा रहेर यो परियोजनाले काम गर्ने बताउनु भयो ।

साथै आएका सल्लाह सुझावहरुलाई पनि आत्मसाथ गरेर परियोजनाले काम गर्ने विश्वास व्यक्त गर्नु भयो । संस्थाका प्रोग्राम म्यानेजर अमित सुनारले जेनजी आन्दोलनबाट प्रभावितहरुलाई कानुनी रुपमा उनिहरुलाई कसरी सम्बोधन गर्ने सकिन्छ उनिहरुको तथ्याङकमा पनि सहयोग गर्ने, मानसिक रुपमा समस्यामा रहेकाहरुलाई पनि सहयोग गरेर काम गर्ने योजना रहेको बताउनु भयो ।

अहिले कञ्चनपुरको भीमदत्त नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा यो कार्यक्रम लागु हुने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.