दोस्रो विज्डम फेस्ट भव्यताका साथ २०८२ सम्पन्न

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ मा रहेको विज्डम किड्स स्कुलमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो विज्डम फेस्ट २०८२ सम्पन्न गरेको छ । मंगलवार स्कुलको प्राङगणमा एक भव्य कार्यक्रमको आयोजना गर्दै उक्त फेस्ट सम्पन्न गरीएको हो ।

सानानानी बाबुहरुको क्षमता उनिहरुको ज्ञान र विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको फेस्ट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा नृत्य, गायन, र्याम्प वाक,मास्टर मिस विज्डम किड्स, मार्चपासहरुको आयोजना गरीएको थियो ।

विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए । फेस्टमा विद्यार्थीहरूका अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले सुदूरपश्चिमम रहेको मौलिक कला संस्कृती बोकेका नृत्यहरु प्रस्तुत गरेका थिए ।

विद्यालयका संस्थापक प्रिन्सीपल निलम गुरुङ्गले यो कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास, सृजनशीलता र प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

साथै सुदूरपश्चिममा रहेको कला संस्कृती र मौलिकपनको पनि विद्यार्थीहरुले जानकारी पाउने, र आफुमा रहेको अन्तरनिहति प्रतिभालाई उजागर गर्ने अवसर मिल्ने बताउनु भयो ।

यो वर्षको मास्टर विज्डम किड्समा सिरियान्स विष्ट र मिस विज्डम किड्समा गौरीका भट्ट चयन हुनु भउको छ भने, फस्र्ट रनरअपमा प्रभाष चन्द र प्रियान्सी थापा र सेकेन्ड रनरअपमा आषिश मडेर पुर्णिमा चन्द चयन हुनु भएको छ । कार्यक्रमको अन्त्यमा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

 

सम्बन्धित

Comments are closed.