वेदकोटमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। वेदकोट नगरपालिकाको आयोजनामा परामर्शदातामा शुक्लाफाँटा मिडिया प्राली रहेको उक्त कार्यक्रममा नगर प्रमुख भोजराज बोहराको सभाध्यक्षता रहेको थियो ।सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडा नं १ देखि १० सम्मका वडा अध्यक्ष तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नगरपालिकाबाट प्रवाह भइरहेका सेवा, विकास निर्माणका गतिविधि तथा स्थानीय तहसँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा नागरिकका गुनासा, जिज्ञासा र सुझाव संकलन गरिएको थियो।सार्वजनिक सुनुवाइमार्फत नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउने विषयमा समेत जोड दिइएको थियो।

सहभागीहरुले पालिका भइरहेका विभिन्न योजनाहरु, सिचाई खानेपानी विजुली बत्ती, सडक, सवास्थ्य शिक्षा, शव चिश्यान मसिन, सामुदायिक पशुचौपाया, फोहर व्यवस्थापनलगायतको विषयमा प्रश्न उठाउका थिए ।

सहभागीहरुबाट आएका प्रश्नहरुकोे जवाफ दिदै नगर प्रमुख बोहराले यो कार्यक्रममा उठेका प्रश्नहरु, जिज्ञाशाहरु,सल्लाह सुझावहरु सबैलाइृ पालिकाले सकारात्मक रुपमा लिएको बताउनु भयो ।

साथै सुधार गर्नुपर्ने विषयवस्तुहरुलाई पनि विषेश मनन गरेको बताउनु भयो । वडा तथा पालिकाबाट लिएका सेवा सुविधामा ९० प्रतिशत सेवाग्राहिहरु सन्तुष्ट रहेको देखिएको र पालिकाले गरीरहेको विकास निर्माण का विषयहरु र अन्य स्वरोजगार मुलक तालिमहरु प्रदान गरेर युवाहरुलाई रोजगार तर्फ उन्मुख भईरहेको बताउनु भयो ।

साथै पालिकामा २ प्रतिशत मात्रै सडक कच्ची रहेको भएपनि ९८ प्रतिशत सडकहरु पक्की, ग्राभेल भइसकेको जानकारी दिनु भयो ।

स्थानियहरुको मायाले जितेर आएको र अहिले आम्दानी बढाएर वार्षिक सवा आठ करोड आम्दानी भइरहेको लिजामा पनि राम्रो अंक लिएर प्रथम सथानमा रहेको बताउनु भयो ।

सामुदायिक पशु चौपायहरुलाई पनि बैतडामा रहेको गौशालामा उचित व्यवस्थापन गरेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.