कञ्चनपुरमा मछेली नदीमा डुबेर १५ वर्षीय बालकको मृत्यु

महेन्द्रनगर। कञ्चनपुरमा नदीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। बिहीबार कृष्णपुर नगरपालिका(२ स्थित मछेली नदीमा नुहाउने क्रममा डुबेर बाणी शिविरका १५ वर्षीय आदेश लुहारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार लुहारको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित

Comments are closed.