जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले जित्यो तेस्रो क्वानमुकान राष्ट्रिय कराते प्रतियोगिता १० वटा स्वर्ण
महेन्द्रनगर । जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले काठमाण्डौमा आयोजना भएको तेस्रो क्वानमुकान राष्ट्रिय कराते प्रतियोगिता–२०८२ मा १० वटा स्वर्ण पदक जितेको छ । बुधवार समितीका पदाधिकारीहरु, अभिभावकहरुले गुरुहरु, खेलाडीहरुलाइ अविर मालाले भव्य स्वागत गरेका छन् ।

४० किलो तौलमा ७ वटा स्वर्ण र ४० किलो भन्दा तलको तौलमा ३ वटा स्वर्ण पदक गरी १० वटा स्वर्ण पदक जितेको र ७ वटा रजत र ४ वटा कास्य पदक जितेको जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल का केन्द्रिय महासचिव कराँते नेपालका ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले बताउनु भयो ।

साथे उहााले खेलाडी अमृता धामी र आदर्श विष्टले उत्कृष्ट खेलाडीको उपाधी पाएको पनि उहाँले बताउनु भयो । राष्टिय स्तरमा उक्त उपाधी पाउँनु आफैमा पनि गौरबको विषय रहेको र अन्य खेलाडीहरुलाइ पनि हौसला मिलेको उहाँले बताउनु भयो ।
माघ १८ र १९ गते आयोजना भएको उक्त खेलमा ६१ वटा कराँते संघको उपश्थिती रहेको थियो । आफना खेलाडीहरुले अति नै राम्रो खेल प्रदर्शनी गरेको र अनुशासनमा रहेर उनिहरुले आफनो खेल देखाउको प्रती आयोजकले सम्मान पनि गरेको उहाँले बताउनु भयो ।
खेलमा हार जित हुने भएपनि उक्त खेलबाट के कती अनुभव लिन सकियो सिकाई के भयो ? भन्ने विषय प्रमुख रहेको बताउनु भयो ।
विगतका दिनमा पनि आफनो संघले अन्तरािष्ट्रय स्तरमा ईतिहास रचेको र आफनै पनि रेकर्ड तोडेर विदेशमा नेपालको झण्डा फरफराएको अवस्थामा खेलाडीहरुले गरेको मिहिनेत सम्मानजनक रहेको बताउनु भयो ।
यो प्रतियोगिताले खेलाडीहरुलाई थप उर्जावान हौसला प्रदान गरेको बताउनु भयो । जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष भोजराज भट्टले खेलाडीहरुले गरेको मिहिनेत र उत्कृष्ट खेलको प्रदर्शनी गरेको प्रती उच्च सम्मान र हार्दिक बधाइ रहेको बताउनु भयो ।
साथै उहाँहरुले खेलबाट सिकेको सिपलाई अझै निखार गरेर अर्काे पटक स्वर्ण पदक बढी भन्दा बढी जित्ने अपेक्षा रहेको बताउनु भयो ।
अभिभावक जगदिश विष्टले आफनो छोराले तेस्रो कराँते प्रतियोगितामा उत्कृष्ट फाईटर भएको प्रती गर्व महसुस भएको बताउनु भयो ।
उत्कृष्ट खेलाडी अमृता धामी र आदर्श विष्टले बेस्ट प्लेयरको उपाधी पाएकोमा खुसी लागेको बताउँदै यो उपाधी गुरुहरुलाइ समपर्ण गर्न चाहेको बताए ।
Comments are closed.