महेन्द्रनगर । महेन्द्रनगर बजारमा रहेको महेन्द्र स्मारकमा स्व. राजा महेन्द्रको शालिक पूनःस्थापना गरीएको छ । आईतवार फागुन ३ गते शिवरात्रीको दिन विहान उक्त क्षेत्रमा शालिक पूर्नस्थापना गरीएको हो । अहिले उक्त क्षेत्रमा चौतर्फी विजुली बत्तीहरु चरैतिर फुलहरु रोपेर सौन्दर्यकरण पनि गरीएको छ ।
आईतवारको दिन शिवरात्रीका दिन उक्त क्षेत्रमा फोटो भिडियो बनाउनेको भिड लागेको थियो । स्थानियहरुले गरेको विभिन्न सहयोगले अहिले उक्त क्षेत्रमा शालिकको पूनृस्थापना गरीएको हो । पहिला उक्त क्षेत्रमा फोहर बढेको विजुली बत्ति नभएको कुरुप अवस्थामा रहेको थियो । स्थानिय युवाहरु, व्यवसायीहरु, बुद्धीजिवीहरु,समाजसेवीले गरेको सहयोगले अहिले उक्त महेन्द्र स्मारकले मुहार फेरेको देखिन्छ ।
यसअघि महेन्द्र स्मारकमा राखिएको राजा महेन्द्रको शालिक पछिल्लो जनआन्दोलनका बेला तोडफोड भएपछि स्मारक लामो समयदेखि शालिक विहीन रहँदै आएको थियो ।
अहिले आएर युवाहरूले इतिहास मेट्ने होइन, बुझ्ने र जोगाउने उद्देश्यसहित महेन्द्र स्मारकमा पहिलेको जस्तै स्वरूपमा राजा महेन्द्रकै शालिक पुनःस्थापना गरीएको छ । महेन्द्रनगर स्वतन्त्र युवा समाज संयोजक सरद कुमार भट्टले महेन्द्रनगरवासीले गरेको यो साथ र सहयोगले मात्रै आज यहाँ शालिक पुर्नस्थापान गर्न सम्भव रहेको बताउनु भयो ।
साथै उहाँले विगतमा जे जस्तो भएपनि अहिले फेरी आफुलगायत सबैले यो क्षेत्रको सौन्दर्यकरण गर्न र शालिक पूर्नस्थापनामा गरेको यो सहयोगले सम्मन योग्य रहेको बताउनु भयो ।
साथै यसको आगामी दिनमा सुरक्षा संरक्षण रसरसफाईमा सबैले साथ दिन पनि अनुरोध गर्नुभयो । यसैगरी, भीमदत्त नगर १९ बागफाँटाका धर्मनन्द भट्टले यो शालिक पुर्नस्थापना गरीनु ईतिहास जिवित राख्ने कार्य भएको बताउनु भयो ।
महेन्द्रनगरमा मात्रै नभएर देशैभरमा जस्को ईतिहास रहेको छ सबेको शालिक राखिनु पर्ने उहाँले बताउनु भयो । यस्तै, संविधान सभा सदस्य कलासा महराले यो एतिहासिक दिन रहेको बताउँदै यो कार्य स्वागत योग्य रहेको र ईतिहास कसैको पनि मेटन नहुने बताउनु भयो ।
साथै ईतिहासलाई सबैले मिलेर जोगाउनु पर्ने र महेन्द्र नगर नामाकरण कस्को नामबाट भएको भन्ने पनि जनाकारी दन आवस्यक रहेको बताउनु भयो ।
तत्कालिन समयमा बर्माबाट नेपाल फर्कन बाध्य नेपालीलाई राजा महेन्द्रले स्वयं बर्मा गई त्यहाँबाट नेपाल आउने सबैका लागि महेन्द्रनगर, भैरहवा, बुटवलमा प्रवासी नेपालीको बसोबास गराएको स्थानियको भनाइ रहेको छ ।
महेन्द्रनगर बजारको स्थापनापश्चात् पञ्चायतको रजत जयन्तीका बेला महेन्द्रननगर बजारमा राजा महेन्द्र स्मारक स्थापना गरिएको हो ।
Comments are closed.