महेन्द्रनगर। कञ्चनपुरको दोधारा चाँदनीमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै सौतेनी आमाको हत्या गरेका छन् । मंगलबार दोधारा चाँदनी नगरपालिका–४ स्थित सुर्खेती टोलका करिब ५० वर्षीय हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका हुन् ।
श्रेष्ठले खुकुरी प्रहार गरी आमाको विभत्स हत्या गर्नुका साथै ५४ वर्षीया बहिनी भगवती देवी माझीलाई समेत गम्भीर घाइते बनाएका छन् । घरायसी विवादका क्रममा आक्रोशित श्रेष्ठले उनीहरूमाथि अन्धाधुन्ध प्रहार गरेका थिए ।
आक्रमणबाट गम्भीर घाइते भएकी माझीलाई दोधारा चाँदनी नगर अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल ल्याइएको छ ।
घटना लगत्तै फरार भएका अभियुक्त हरिप्रसाद श्रेष्ठको खोजी कार्यलाई तीव्र पारिएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक कृष्ण सोनीले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले घरायसी कलहका कारण नै घटना भएको देखाएको छ । प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी थप अनुसन्धान अगाडि बढाएको छ ।
Comments are closed.