जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालको सम्मानपत्र तथा डिप्लोमा सर्टिफिकेट वितरण

महेन्द्रनगर । जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल कञ्चनपुरले आफना खेलाडीहरुलाई सम्मानपत्र तथा डिप्लोमा सर्टिफिकेट वितरण कार्यक्रम सम्पन्न गरेको छ । बुधवार एक भव्य कार्यक्रमको आयोजना गर्दै ८५ भन्दा बढी खेलाडीहरुलाई सम्मान गरेको हो । भारतको फरिदावादमा भएको १३ औं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता र काठमाडौंको दशरथ रंगशालामा भएको तेस्रो राष्ट्रिय कराँते प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मानपत्र तथा डिप्लोमा सर्टिफिकेट वितरण गरीएको हो ।

उक्त कार्यक्रमको सभाध्यक्षमा जिल्ला अध्यक्ष दिपेन्द्र विष्ट रहनु भएको थियो भने, प्रमुख अतिथीमा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक, विशिष्ट अतिथीमा प्रमुख जिल्ला अधिकारी मदन कोइराला, जिल्ला खेलकुद विकास समितिका प्रमुख गोपालदत्त भट्ट, बक्सिङका ओलम्पियन वरिष्ठ प्रशिक्षक डम्मरदत्त भटट, सुदूरपश्चिम कराँते वरिष्ठ प्रशिक्षक विमल खडायत, लगायतको उपश्थिती रहेको थियो ।

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल सुदूरपश्चिम प्रदेश भोजराज भट्ट, प्रदेश उपाध्यक्ष विरेन्द्र सिंह सावद, जगदिश विष्ट, कबड्डीका पूर्व वरिष्ठ मुख्य प्रशिक्षक तारासिंह भाट, प्रदेश कराँतेका मुख्य सचिव प्रेमबहादुर चन्द, प्रदेशका उपसचिव यज्ञराज भट्ट, कोषाध्यक्ष निरज गुप्तालगायतको उपश्थिती रहेको थियो ।

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल का केन्द्रिय महासचिव कराँते नेपालका ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले खेलकुद क्षेत्रको विकासका लागि खेलाडीहरुको योगदान महत्वपूर्ण रहेको बताउनु भयो ।

उनीहरुको मिहिनेत, परिश्रमले गर्दा पाएको पदक र देशका लागि बगाएको पसिनाको कदर यस्तै कार्यक्रमले गर्ने भएकाले थप उनिहरुमा हौसला अभिवृद्धि गर्न यो कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी भीमदत्त नगरपालिकाका उपप्रमुख लेखकले विगतमा आफु पनि यो समितिमा रहेर कार्य गरेको अनुभव सुनाउँदै आगामी दिनमा यो संघको समग्र विकासमा आफुले साथ दिने बताउनु भयो । खेलाडीहरुलाई निरन्तर मेहनत र अनुशासनका साथ अघि बढ्न र आफुले आफनो पक्षबाट गर्ने साथ र सहयोगका लागी सदैव तत्पर रहेको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी कोइरालाले अन्तराष्टिय स्तरमा आफनो देशको नाम राखेर गरेको मिहिनेतले आज यी खेलाडीहरुलाई सम्मान गर्न पाउँदा अत्यन्त हर्षित भएको बताउनु भयो ।

साथै आगामी दिनहरुमा अनुसासनमा रहेर यसैगरी ईतिहास रच्ने खेल खेलेर देशको नाम राख्न आग्रह गर्नु भयो । समारोहमा सहभागी खेलाडीहरुले सम्मान प्राप्त गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका थिए ।

आयोजक संस्थाले भविष्यमा पनि खेलकुद क्षेत्रको प्रवद्र्धनका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ ।

सम्बन्धित

Comments are closed.