महेन्द्रनगर । कञ्चनपुर जिल्लाको समग्र विकासलाई प्रभावकारी बनाउने उद्देश्यले योजना छनौट, प्राथमिकता निर्धारण तथा अधुरा योजनालाई पूर्णता दिने विषयमा एक महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति कंचनपुरका प्रमुख दुर्गादत्त बोहराको अध्यक्षतामा संघीय तथा प्रदेश सरकारको बजेटमा कञ्चनपुरको सर्वाङ्गीण विकासका लागि अति आवश्यक योजना छनौट गरी प्राथमिकिरण गर्न, अधुरा योजनालाई पूर्णता दिन, आवश्यक बजेटको माग गर्न संघीय, प्रदेश तथा स्थानीय सरकारका जन– प्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरू तथा विकाससंग सम्बन्धित कार्यालय प्रमुखहरूसंग छलफल गरीएको छ ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय, प्राविधिक कर्मचारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले जिल्लाको दीर्घकालीन विकासका लागि आवश्यक योजनाहरूको पहिचान गर्दै सीमित स्रोत–साधनलाई प्रभावकारी रूपमा उपयोग गर्न प्राथमिकता निर्धारण अपरिहार्य रहेको बताए ।
कार्यक्रमलाइ सम्बोधन गर्दे भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले जनताहरुको सुखमा साथ दिएर उनिहरको मागलाइृ पुरा गर्नुपर्ने सबैको दायित्व रहेको बताउनु भयो ।
विशेषगरी अधुरा रहेका विकास आयोजनाहरूलाई छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनु भयो । यसैगरी कार्यक्रमलाइृ सम्बोधन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले विगतमा सुरु भएर बीचमै रोकिएका योजनाहरूका कारण जनतामा निराशा बढेको उल्लेख गर्दै त्यस्ता योजनाहरूलाई पहिलो प्राथमिकतामा राखी सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु भयो ।
साथै, योजना छनौट गर्दा स्थानीय आवश्यकता, पारदर्शिता र जनसहभागितालाई केन्द्रमा राख्नुपर्नेमा समेत जोड दिइयो । कार्यक्रममा विकास निर्माणका कामहरूलाई दिगो, प्रभावकारी तथा जनमैत्री बनाउने दिशामा सहकार्य र समन्वय आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।
सहभागीहरूले आगामी दिनमा यस्ता छलफल कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
Comments are closed.