कञ्चनपुरबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरबाट खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्।बेलडाँडी गाउँपालिका–३ बनपुरुवाबाट अवैध खैरो हेरोइन ८ सय ६० मिलिग्रामसहित बेलडाँडी गाउँपालिका–३ बस्ने २२ वर्षीय सुनिल चौधरी र १८ वर्षीय हसिव चौधरी पक्राउ परेका हुन्।

प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले दुबै जनालाई आईतबार दिउँसो उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।यसैगरी बेलौरी नगरपालिका–१० दर्सिखल्लाबाट बेतकोट नगरपालिका–६

ओझाखाली बस्ने ३२ वर्षीय इश्वर डगौराले चलाएको सु.प.प्र ०२–००३प. २३७३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा निजको साथबाट १० ग्राम ५२० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित सोही मोटरसाइकल पछाडी सवार बेतकोट नगरपालिका–५ बस्ने २५ वर्षिय आकाश डगौरालाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलसहित दुबै जनालाई आईतबार बेलुका पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

उता, कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ बसपार्कबाट लागूऔषध खैरो हेरोइन ३ सय ७० मिलिग्रामसहित डोटीको शिखर नगरपालिका–२ बस्ने २५ वर्षीय कृष्ण दमाईलाई आईतबार बिहान इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो।

यसैगरी, लम्कीचुहा नगरपालिका–१ थपालिपुरबाट खैरो हेरोइन १ ग्राम १६० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश शर्मालाई आईतबार दिउँसो इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यसैगरी, भजनी नगरपालिका–३ कुसुमघाटबाट खैरो हेरोइन ५ सय ४० मिलिग्रामसहित जोशिपुर गाउँपालिका–७ घैला बौनिया बस्ने ३० वर्षीय तेजबहादुर मौनीलाई आईतबार दिउँसो इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।

 

सम्बन्धित

Comments are closed.